Tuesday, December 29, 2015

जुँङ्गाको लडाईमा पुर्खाको स्वाभिमान लिलाम नगरौ ॥

साझा-सवालको गतांङ्कमा महेश्वर राय यादवले ७५% जनता मधेस आन्दोलनको साथमा वा पक्षमा भनेका छन । डाटाको कुनै जेनुईन रिसोर्स नभएको बेला १००% वा सम्पुर्ण नेपाली नै पक्षमा छन भन्दा केहि फरक नपर्ला । जातयिता र बिभेदको राजनीति माओवादीले गरेर आम जनतालाई झुक्याएको ताजा अनुभव मलिन नहुँदै फेरी यहि असहिष्णु तुक्काको भरमा आन्दोलन चलाउन यिन लाई पनि कम हम्मे परेको छैन ।

रेणु यादबको समानुपातिक अधिकारको बिचार सुन्दा यि मधेसी नेताहरुको राजनीतिक ज्ञान त ढिक्कै फिटकिरी रहेछ । बेस्वाद, बेरंङ्, बेढंङ् । मधेसी जनतालाई इमोसनल ब्ल्याकमेल गर्ने । संस्कृति र अधिकारको शब्द-भुमरीको जालमा फसाउने, झुठा आश्वासन दिएर बिगतमा ठगेका यिनै नेताहरुले अबको नयाँ अबधारणामा आम जनता संग गद्दारी गर्दैनन भनेर कसले ग्यारेन्टी दिन सक्छ । माधव नेपालको जनमत संग्रह गराउने कुरामा, डराई डराई किन भन्नु पर्थ्यो कि गर्ने तर मधेस प्रदेशमा मात्रै । ७५% जनताको सहभागीताको घमण्ड कता हरायो?

राजतंत्र, बहुदल, लोकतंत्र, गणतंत्र सबै ब्यबस्थामा यिनको सहभागिता थियो । यिनी आफ्नै बिरोधमा उभिएका हुन भने, जुनकुनै नयाँ ब्यबस्था जनताले रोजे, यि सबै पुरातनबादी नेताहरु स्वत: अवकास लिने, नयाँ पुस्तामा अधिकार हस्तान्तरण गर्ने त्याग गर्न प्रतिबद्ध छन ? लोकतान्त्रिक अभ्यासमा नयाँ प्रदेशका लागी जिल्ला जिल्लामा जनमतसंग्रह गरौ न त । कुन जिल्ला कुन प्रदेशमा बस्ने भनेर । जनताको राय र मनसाय अनुसार सिमांंङ्कन गरौं ।

पुरा नेपाली भुभागमा आंतरिक प्रसाशकिय संरचना वा प्रदेश सिमांंङ्कनको निर्णय एक मात्र खस-आर्यले गर्न सक्दैन भने जस्तै, तराईका जिल्लाहरुमा बस्ने पहाडीमुलका जनता र मधेसी बडे जातबालाहरु संगै मुस्लिम, आदिबासी, जनजातीको अधिकारको निर्णय यि कथित उच्च जातबाला झा, ठाकुर, यादव, महतोहरुले मात्र कसरी गर्छन । सबभन्दा पहिले समानुपातिक सहभागिता आफ्नो पार्टी भित्र किन लागु गर्दैनन ? कहाँ छन छातीमा गोलीखाने जनताको जात या समुदायको प्रतिनिधित्व? कि अहिले पहाडी संग मधेसीको अधिकार भनेर लडने । पछी मधेसी संग मुस्लिमको अधिकार भनेर लडने । अली पछी ब्राह्मण, यादब, राजपुत संग दलितको अधिकारको लागी छुट्टाछुट्टै लडने । यो लडने नियतीको कहिले अन्त होला? समाजको लागी जागृत हुनु र आफ्नो पद र लाभको लागी जागृत हुनुको फरक छुट्टयाँउ । मर्ने मरिहाले, तिनका नाममा सत्तारोहण गर्ने लोभको राजनीतिको अन्त होला?

लौहपुरुष गणेशमानले भने जस्तो एक्काइशौं शताब्दीका जनता 'भेंडा' हुन आबश्यक छैन । खुम ब. खडका र जेपी गुप्ता हरु भ्रष्टाचारको मुद्दामा जेल पर्दा खुसयाली मनाउने जमात नै उनिहरु जेलबाट छुट्दा अबिरयात्रा गर्ने हरु थिए । चेतौ ! कालोलाई कालो भन्न सक्ने हिम्मत जुटाँउ, दुईजिब्रे नेताहरुको जुँङ्गाको लडाईमा पुर्खाको स्वाभिमान लिलाम नगरौ ॥

एकजना मित्र @sanpokh ले ट्विटरमा एकदम सटिक लेख्नु भएछ - "यो हुरीबतास कुनै दिन थामिन्छ । थामिएको दिन हावाको झोंकामा कसले धोती गुमाए, कसले टोपी भन्ने हिसाबकिताब होला ।" यो दिनको पर्खाई हामी सबै आम जनतामा रहनेछ ।

॥ जय मिथीला, जय नेपाल ॥

Saturday, December 19, 2015

॥ जनकपुर नगरीमा सिता कै मानको अपहरण भएको छ ॥

केही दिन पहिले एउटा टिभी कार्यक्रममा मधेसको एउटा गाँऊमा दलितलाई इनारबाट पानी भर्न दिइएन भन्ने सुन्दा म अचम्म मान्दै थिएँ । उत्पिडनको यो पाटो मेरो आँखै अगाडी हुँदा पनि म बिश्वास गर्न सकिरहेको थिइन । दिग्गज नाम चलेका कलाकारलाई प्यादा बनाएर प्रबर्धनात्मक कार्यक्रम गरेर आफ्नो टिआरपी बढाउने दाउ वाहेक अन्यथा केही होईन भन्ने मेरो आँकलन थियो ।

गाँउमा हाम्रो घर अगाडी एउटा ठुलो इनार छ । बिधीपुर्बक यज्ञ पूजन गरेर हाम्रो पुर्खाले खनाएका उक्त इनारमा कुनै जात जाती वा समुदायका मान्छेलाई पानी भर्नबाट बञ्चित गरिएको मैले कहिल्यै देखिन । पहिले पहिले  अचेल जस्तो प्राय: सबैको घरमा ट्युबवेल हुन्थेन । गाँऊका पर परसम्मका मान्छेहरु समेत त्यही इनारमा पानी लिन आउथे । एउटा सानो बाल्टी (डोल) डोरीले बाँधेर सधै त्यही राखिएको हुन्थ्यो । अगाडी मुलबाटोबाट हिँड्ने जोकोहि बटुवा (बटोही) हरु प्यास लाग्दा तिर्खा मेटेर जान्थे । न कसैले जात सोधेको हुन्थ्यो, न भनिरहने आवश्यकता नै पर्थ्यो ।

कहिलेकाँही बाल्टी चुँडिएर तल झर्थ्यो । बाल्टी निकाल्नको लागी बल्छी जस्तो अँकुसीको झुण्डपारेर बनाईएका एउटा औजार जसलाई हामीले मैथिलीमा ‘काँकोर’ (नेपालीमा ‘गँगटा’ भनिने जस्तै) भन्थ्यौं । त्यसै काँकोरमा अड्काएर निकाल्ने गरिन्थ्यो इनारमा डुबेको सानो ‘डोल’ । कहिले काँही त्यसले पनि सम्भव भएन भने इनारको पिँध सम्म ओर्लिन हालिएको बाह्र वटा फलामे कडीबाट तल झरेर बाल्टी निकाल्ने गरिन्थ्यो ।

यो भुमिका बाँध्नुको एउटा कारण यो हो कि (मैले सुने अनुसार) छुवाछुत बिरुद्ध वा मानविय सहयोगका निमित केहि उच्च जातवालाहरुका कोमल मनले लगाएका ‘जुगाड’ कार्य थियो । यज्ञ पूजन गरेर खनिएको इनारमा पनि बाह्र कडी हालेपछी जुनसुकै जातजाती र समुदायका मान्छेको बेरोकटोक पहुँच हुन्थ्यो, छुवाछुत लाग्थेन, पबित्र अपबित्रको बन्धनबाट मुक्त हुन्थ्यो । कसैले पानी झिकेर गाग्रीमा हाल्देला वा बाल्टी चुँडिएको खण्डमा कुनै उच्च जातवालाले ईनार भित्र पसेर निकालीदेलान् अनि पानी भरौला भन्ने संकुचित बन्धन हुँदैन थियो ।

आजको मितीमा पनि इनार यथास्थिती नै छ (रे) । तर पानीको अरु श्रोतको भरपुर उपल्ब्धताले उपभोक्ताको कमी आएको भने पक्कै छ । प्रसङ्ग पुन: उहि, म आफैं पनि यहि समाजमा हुर्केको र मेरो बाल्यकाल पनि यहि माटोमा सिंचित भएको हुनाले यो समाज अझै पनि जातपात वा छुवाछुत प्रति रहि आएको अज्ञानता यति अशिष्ट, यति भ्रांमकर यति क्रुर होला भन्ने लागेको थिएन ।

अझ भनौं मैले बुझ्न पो सकिन कि? म भ्रममा थिएँ होला र सायद अझैं छु भन्ने यो अहिलेको दुर्घटनाबाट थप प्रष्ट भएको छ । एक्काइसौ शताब्दीमा आइपुगेका हामीमा वा हाम्रो समाजमा अझ कति अज्ञानता, भ्रम र अशिष्टता छ भन्ने उदाहरण राष्ट्रपति महोदयाको विवाहपञ्चमीको अवसरमा भएको जनकपुर भ्रमणलाई लिन सकिन्छ ।

प्रथा वा परम्परा मानव जगतको कल्याणका लागी लागु गरिएको हुन्छन, संरक्षित गरिन्छ, निरन्तरता दिइन्छ । जुन धार्मिक वा सामाजिक प्रथा समाज र समयको प्रतिकुल देखिए तिनलाई प्रतिस्थापित गरिएको छ, गरिने छ । हामी संवेदनाहीन भयौं । हामीले हाम्रा परम्परा, अतिथी सत्कारका सबै धर्म बिर्स्यौं । अनि यो पापको दोष जति सबै राजनीतिक संघर्षको नाममा हुने सत्तापक्षको पोल्टामा हाल्दियौं र ढुक्कले पन्छियौं । राजनीतिक द्वेष वा राज्यका सत्तापक्षीय असमझदारी र सम्झौताका बिभिन्न प्रसङ्गहरु होलान् । सबै आस्थाका धरोहरहरु, सार्बजनिक बिश्वासका दलिलहरु, चलिआएको प्रथालाई राजनीतिक रङ्ग दिनु उचित हुँदैन् । यि मानबिय संवेदना, संस्कार र धर्म विरुद्धका क्रियाकापहरु हुन् साथै यिनमा केहि समयानुकुल परिबर्तित या प्रतिस्थापित प्रथाहरुको ‘नस्ल’ खोज्ने काम पनि कदापी गर्नु हुँदैन् ।

शुभकार्यमा बिधवा अपसगुन हुन्छ रे ! मेरो आमा पट्टीको हजुरबा (नानाजी) मेरो आमा जन्मेको छ महिना मै बित्नु भएको थिए रे । तर मेरो उपनयन (ब्रतबन्ध) संस्कारको बेला मेरी आमाको आमा (नानी/हजुरआमा) ले महत्वपुर्ण परम्परागत बिधिहरुमा सहभागी हुनु भयो । म डेढ बर्षको हुँदा मेरो हजुरबा बित्नु भएको थियो तर मेरो मुण्डन संस्कारको बेला मेरो हजुरआमाको बिभिन्न महत्वपुर्ण बिधिहरुमा सहभागी हुनु भयो । त्यस उपरान्त पनि बिभिन्न विवाह, ब्रतबन्ध आदी धार्मिक, सांस्कृतिक आस्थाका शुभकार्यहरुमा कसैले अशुभ वा अपसगुन भनेनन् । यसै कारण कुनै अनपेक्षित अवरोध कुनै शुभकार्यमा पनि भएन र हुँदैन पनि । आज अचानक आमा रुपी ‘नारी’को भिन्न व्याख्या कसरी हुन पुग्यो ? सायद म बसेको समाज अलग/असल थियो भनौं कि अहिलेको समाजमा आयातित आसुरी प्रभाव बढेको छ भनौं ?

यहाँ राक्षसी मुद्रामा देखिएका ‘मालीक’हरु आफुलाई देवता स्वरुप भुमिकामा उतार्न तत्पर देखिन्छन् । जहाँ स-साना बच्चालाई जीवन दिन अत्यावश्यक ‘दुध’ जस्तो अमृत पदार्थले ति मालिकका खुट्टा पखालिने जस्ता दुष्कर्महरु हुन्छन् । पुष्पमाला पहिरिएर जय-जयकार र जयगान गाउने आकाँक्षा लिएका हुन्छन् । अनी यहीं वरपरका अतिशिक्षीत मैथिल ललना (सन्तान) हरु आधुनिकता र समानताका कुरा गरेर थाक्दैनन् । तर, समग्र मैथिल संस्कृति र पहिचानलाई नै कलंकित गर्ने ति ‘रावण’ सेनाको पहिचान नगरेर पनि चुप किन बस्छन ?

ब्यक्तिगत धारणामा “मधेश आन्दोलन”का उचित/अनुचित मागहरु हासिल/सम्झौता गर्न प्रक्रियागत अरु धेरै प्रकारका संवैधानीक उपायहरु पनि होलान् । तर, ती विकल्पहरु हुँदाहुँदै पनि अनुकूल समयमा सत्तामोहमा रमाउने र आखिरी समयमा आएर अमानविय उपाय ‘नाकाबन्दी’ गरि सम्पुर्ण जनताको न्युनतम मौलिक हकहरु माथि प्रहार गर्ने, सामान्य जनजिवनलाई परिबन्धमा राख्ने लगायतका देशलाई आर्थिकरुपले अज्ञात अन्धकारको भुमरीमा फाल्ने नीतिसंग कुनै समर्थन राख्नु हुदैन ।

हाम्रो लालन-पालन-पोषण-शिक्षा-दिक्षा के मा कमी रह्यो र हामी यति अमानुष भयौं ? राष्ट्रप्रमुखको अहोदालाई दलिय आक्षेप भन्दा बाहिर राख्न सक्नु पर्थ्यो र पर्छ । सम्मान दिन नसिकाउने भनेर हाम्रा अभिभावकहरुलाई आएको कलंकको आक्षेपले आगामी दिनहरुमा हाम्रा शिर ननिहुरियोस् ।

राष्ट्रप्रमुख जस्तो गरिमामय पदमा रहनु भएकी एउटी महिलालाई अपवित्र बिधवा भनेर गरिएको अपमानले मलाई लाज्जाबोध भएको छ । कन्या भ्रुण हत्या, बुहारीलाई दाईजो नल्याएको निहुँमा गरिने हत्या, अन्तरजातीय विवाह आदी इत्यादीमा गरिने बर्बरता अमानवियताको पराकाष्ठा नै हो ।

नारी अधिकारको सशक्त भुमिकाको लागी प्रयोग गरिने बिभिन्न नामहरु जनकनन्दनी, बैदेही, मैथिली, जानकी, जनकसुता, भुमिजा कै प्रिय जनकपुर नगरीमा महिला राष्ट्रप्रमुखको अपमान भएको छ । सिता कै मानको अपहरण भएको छ ।

॥१९.१२.२०१५॥

Saturday, May 23, 2015

Where to Go During an Earthquake

Remember that stuff about hiding under a table or standing in a doorway? Well, forget it! This is a real eye opener. It could save your life someday.

EXTRACT FROM DOUG COPP'S ARTICLE ON 'THE TRIANGLE OF LIFE'

My name is Doug Copp. I am the Rescue Chief and Disaster Manager of the American Rescue Team International (ARTI ), the world's most experienced rescue team. The information in this article will save lives in an earthquake.

I have crawled inside 875 collapsed buildings, worked with rescue teams from 60 countries, founded rescue teams in several countries, and I am a member of many rescue teams from many countries. I was the United Nations expert in Disaster Mitigation for two years, and have worked at every major disaster in the world since 1985, except for simultaneous disasters.

The first building I ever crawled inside of was a school in Mexico City during the 1985 earthquake. Every child was under its desk. Every child was crushed to the thickness of their bones. They could have survived by lying down next to their desks in the aisles. It was obscene -- unnecessary.

Simply stated, when buildings collapse, the weight of the ceilings falling upon the objects or furniture inside crushes these objects, leaving a space or void next to them - NOT under them. This space is what I call the 'triangle of life'. The larger the object, the stronger, the less it will compact. The less the object compacts, the larger the void, the greater the probability that the person who is using this void for safety will not be injured. The next time you watch collapsed buildings, on television, count the 'triangles' you see formed. They are everywhere. It is the most common shape, you will see, in a collapsed building.

TIPS FOR EARTHQUAKE SAFETY

1) Most everyone who simply 'ducks and covers' when building collapse are crushed to death. People who get under objects, like desks or cars, are crushed.

2) Cats, dogs and babies often naturally curl up in the fetal position. You should too in an earthquake. It is a natural safety/survival instinct. You can survive in a smaller void. Get next to an object, next to a sofa, next to a bed, next to a large bulky object that will compress slightly but leave a void next to it.

3) Wooden buildings are the safest type of construction to be in during an earthquake. Wood is flexible and moves with the force of the earthquake. If the wooden building does collapse, large survival voids are created. Also, the wooden building has less concentrated, crushing weight. Brick buildings will break into individual bricks. Bricks will cause many injuries but less squashed bodies than concrete slabs.

4) If you are in bed during the night and an earthquake occurs, simply roll off the bed. A safe void will exist around the bed. Hotels can achieve a much greater survival rate in earthquakes, simply by posting a sign on the back of the door of every room telling occupants to lie down on the floor, next to the bottom of the bed during an earthquake.

5) If an earthquake happens and you cannot easily escape by getting out the door or window, then lie down and curl up in the fetal position next to a sofa, or large chair.

6) Most everyone who gets under a doorway when buildings collapse is killed. How? If you stand under a doorway and the doorjamb falls forward or backward you will be crushed by the ceiling above. If the door jam falls sideways you will be cut in half by the doorway. In either case, you will be killed!

7) Never go to the stairs. The stairs have a different 'moment of frequency' (they swing separately from the main part of the building). The stairs and remainder of the building continuously bump into each other until structural failure of the stairs takes place. The people who get on stairs before they fail are chopped up by the stair treads - horribly mutilated. Even if the building doesn't collapse, stay away from the stairs. The stairs are a likely part of the building to be damaged. Even if the stairs are not collapsed by the earthquake, they may collapse later when overloaded by fleeing people. They should always be checked for safety, even when the rest of the building is not damaged.

8) Get near the outer walls of buildings or outside of them if possible - It is much better to be near the outside of the building rather than the interior. The farther inside you are from the outside perimeter of the building the greater the probability that your escape route will be blocked.

9) People inside of their vehicles are crushed when the road above falls in an earthquake and crushes their vehicles; which is exactly what happened with the slabs between the decks of the Nimitz Freeway. The victims of the San Francisco earthquake all stayed inside of their vehicles. They were all killed. They could have easily survived by getting out and sitting or lying next to their vehicles. Everyone killed would have survived if they had been able to get out of their cars and sit or lie next to them. All the crushed cars had voids 3 feet high next to them, except for the cars that had columns fall directly across them.

10) I discovered, while crawling inside of collapsed newspaper offices and other offices with a lot of paper, that paper does not compact. Large voids are found surrounding stacks of paper.

Spread the word and save someone's life...

The entire world is experiencing natural calamities so be prepared!

Source: Sandeep Chandra Shrestha FaceBook status: 

Tuesday, March 31, 2015

who you are to me?

How can I show you

Who you are to me,

how can I show you

How can I show you

 

You are the song of my heartbeat

You are the music of my life

You are my life,

you are my devotion

You are my light,

you are my freshness

You are my every happiness, you are my love

You are my affection, you are my soul-mate

 

You are in my eyes, you are in my memories

You are in my breath, you are in my sighs

You are in my sleep, you are in my dreams

You are in my every word

You are in my days and nights

You are in dawn, you are in dusk

You are in my thoughts, you are in my work

 

For me, gaining is you

For me, losing is also you

For me, laughing is you

For me, crying is also you

And waking and sleeping are also you

Wherever I go, wherever I look

You are there, you are right there

How can I show you

Without you I am nothing at all

How can I show you

Who you are to me

 

This beauty of yours

It is life's sunshine

Your body is chiseled from sandalwood

In which a flame is wavering

This loveliness, this intoxicating quality

You have gotten from the winds

Your hair you have gotten from the clouds

Upon your lips buds have blossomed

Your eyes have become lakes

On your face are beams of moonlight

In your voice is melody

 

Your body is like glass

Your color is like flowers

Your gait is like a river

What elegance, what a condition

The colorfulness of your body

Is like thousands of butterflies

The roundness of your arms

The oases in your scarf

These are the cities of dreams

How can I show you

The condition of my anxious heart

How can I show you

Who you are to me

How can I show you, how can I show you

 

How can I show you

For me, you are law

For me, you are conscience

You are my prayer

You are my desire

You are my wish

That which I look at every moment

You are that picture

You are my fate

You are my star

You are my sight

You are in my battles

As if you are shielding me

 

You are in the east, you are in the west

You are in the north, you are in the south

You are in my entire life

You are in every moment, you are in every instant

For me, you are the road

For me, you are also the destination

For me, you are the ocean

For me, you are also the shore

I only see you

I only think of you

I only know you

I only believe in you

You are my very recognition

How can I show you

You are a goddess to me

You are God to me

How can I show you

Who you are to me

How!

 

Translated Version- Kaise Bataon Main 

Lyricists : Javed Akhtar 

Movie : Wajood

Source: lyricsmasti(dot)com

 

Wednesday, January 28, 2015

'गोठालो'

अरब आउने सबै भेंडा चाराउन आएको बुझ्ने नेपाली मनोबृती भएहरुकोलागी यहि शब्द ठिक होला । 'गोठालो' 'को नौ बर्ष पुरा भएछ आज । २८ जनवरी २००६ मा अरबको मरुभुमी टेक्नु भन्दा एक दिन अगाडी पनि बेलुका आठ बजे सम्म पुरानै ठाँउमा आफ्नो जिम्मेबारी बहन गरि रहदा कहिले काँहि मन भारी हुन्छ । त्यो अमुल्य क्षण परिवारजन संग बिताउनु भन्दा पनि दायित्व निर्बाह गर्न तिर लागे । खोक्रो सानो/लामो दुरीको यात्रामा सहयात्री संग हुने सहानुभुती सम्म हाम्रो देशमा काम गर्दाको क्षण, कथित साथीहरुसंग नहुँदाको तितो अनुभव बोक्नु परेको छ ।

 

भाई/भतिजाबाद वा जात/धर्मको कुनै सरोकार थिएन । मेरो आफ्नै नाताको संस्थापक/निर्देशक हुँदा पनि केहि अनाबश्यक महत्वाकांक्षा बोकेका लोभीहरुको झुण्ड हावी थियो, नेपालको धेरै जसो प्राईभेट कम्पनी जस्तै । न त अप्राईजल पाईन्थ्यो न दाम । केहि चोरहरु मिलेर पार्सियल बोनस समेत रिसिप्ट कपी गरेर मेरो भागको खाए । मन मर्यो जसरी नि जालबाट बाहिर निस्कनु थियो ।

 

पहिलो दशकको देशप्रेम भन्दा पछिल्लो दशकको परदेश गमन उपल्बधीपुर्ण देखिन्छ । पारिवारीक मनोकांक्षा र चाहना पुरा गर्न सकेकोमा र गर्न सक्षम भएकोमा मन उत्साहित छ ।

 
सबैको भलो होस ! J

Thursday, January 15, 2015

"मकर सकरांति"

आजको तिला सकरांति (मकर सकरांती) 'जातर/तिल मिक्सड क्र'सण्ट' खाएर बिताए, अब नयाँ लाग्दैन बर्षौ भइसक्यो यसरी नै चाँड/बाँड टारेको, तर पुरानो दिनहरु याद भने पक्कै आउछ । 

'जतेकऽ डुबकी, तै'टा तिलबा'

घर अगाडीको पोखरीमा नुहाउनु पर्ने, माघको जाढो, स्वेटर समेत फुकाल्न गाह्रो भएको बेला पोखरीमा "मकर स्नान" पापै पो गरेथ्ये कि जस्तो लाग्थ्यो तर तिलबा (तिलको लड्डु) को संख्या त्यै नाक थुनेर लिने 'डुबकी' मा भर पर्थ्यो । तिलबा (तिलको लड्डु), लाइ (मुरै/भुजाको लड्डु), चिल्लौर/चुरलाइ (भुटेको च्युराको लड्डु) यिनैको लोभले यो ज्यान तातिन्थ्यो र फाल हालिन्थ्यो पोखरीमा, नाक थुन्यो चप्प डुब्यो १, २, ३, .... ६, ७ बस । थाहा हुन्थ्यो अब जति डुबकी लगाऐ पनि एक दिनमा ६-७ ओटा भन्दा बढी लड्डु घरमा दिदै दिन्नन् । पचाउन नि सक्नु पर्यो नि । 


'तिलाने लवाने जुराने नहाने' भन्थे बुढा-पाकाहरु, तिलाने – मकरसकरांती, लवाने – मंसिरमा पहिलो घान भित्रयाउने दिन, जुराने – जुडशितल, बैशाख सकरांती । यो तिन दिनमा ननुहाउने मान्छे सबभन्दा पापी हुन्छ । 


हामीलाई धर्मले अनुशासनमा कसरी बाँधेको हुन्छ त्यो धर्मको चिरफार गर्ने ले अध्ययन/अनुसंधान गर्दा यस्तै परम्परागत चांड/पर्वलाई केन्द्रमा राखेर गरे हुने । 


नुहाउने बितिकै फेरी खान पाउने होइन, आफ्नो रिति-रिवाज अनुसार पुजा-पाठ सिद्धिए पछी, अक्षता/तिल/घ्यु आदी मिसाएर बनाएको मिश्रणलाई आगोमा होम गर्नु पर्थ्यो । ठुला/बडाले दिएको तिलको प्रसाद खाए पछी मात्रै आफ्नो भागको पाईन्थ्यो । तिल खाएको एक अर्थमा ऋण खाएको किबदन्ती छ । तिल खुवाएको मान्छेको ऋण हुन्छ, जसले बा/आमा प्रती छोरा/छोरीको आजिबन निर्बाह गर्ने कर्तब्यबोधको ज्ञान दिन्छ ।


एउटा कथा छ – मैथिल कबी कोकिल महाकबी बिधापती (१३५२-१४४८) को बारीबाट पार्बती जीले तिलको फुल टिपेर ल्याउदा महादेव स्वंय ऋणी भई उनको धरमा नोकर हुन आउनु भयो । यो कथा ठाँउ अनुसार फरक फरक प्रचारित छ, अली लामै पनि छ कुनै दिन जाँगर चलेमा बिस्तृतमा लेखौला । 

मांसकोदाल राखेको खिंचडी माथी कडकाएर (तताएर) ख्नयाएको शुद्ध घ्यु, तारेको खमहाउर (तरुल), पापड, दहि घाममा बसेर खाएको सम्झना बाहेक केहि रहेन । समयक्रममा सायद सरजाम पाईएला तर गाँऊको त्यो बाताबरण, बालकालको त्यो उमंग, त्यो उत्साह सम्झनामा मात्र रहिरहनेछ । सबैको शुभ होस ॥