Sunday, May 26, 2019

"गजब छ'बाऽऽ"

मैले नबुझेको
कुरा धेरै होलान
कैफियत चलिरहदा
त्यै मध्ये एक
तराई भुभागलाई
बलात नामाकरण गरि
प्रदेशको नाम मधेस राख्ने।

मधेसी भनि कोटा
आरक्षण र सरकारी अनुदान
बिभेदको राजनीति भनि
मधेस अघि सार्ने।

तर
बाजार/सडकमा हिंडिरहदा
कसैले मधेसी भन्यो भने
मनमा ठेस लाग्ने ?
आत्मसम्मान होच्चिने?

भन्छौ नि हामी
मुंहमे राम राम
बगलिमे छुरी
माँग्नेलाई भिखारी
लुट्नेलाई शिकारी

"गजब छ'बाऽऽ"

Saturday, May 25, 2019

'लत्रिएका अंगहरु'

भारतीय राष्ट्रीय झण्डाका तिन रंगहरु केशरीया, सेतो (बिचमा चक्र) र
हरियोलाई नै आत्मसात गरि बिभिन्न भारतीय राजनीतिक दलहरुले आफ्नो झण्डाको रँग र स्वरुप राखेका छन । भाजपाको कमलको फुलमा केसरीया र पातमा हरियो रँग छ , काँग्रेस र समाजबादी आदीको दलिय झण्डाको बिचमा चर्खाको सट्टा आफ्नो चुनावचिन्ह राखेका छन ।

चुनावी अभियान अन्तर्ततका राष्ट्रबादी हुने/देखिने पार्टीका मिडियाको
छकरबाजी शुरु भए पछि भाजपाको परिचायक चिन्ह/शब्द/अंक लेख्दा भगवा/केसरिया जुन हिदुत्वलाई पनि इंगित गर्दछ रंग प्रयोग गरेका छन भने काँग्रेसका चिन्ह/शब्द/अंक लेख्दा हरियो प्रयोग गर्ने गरेका छन । हरियो रंग जुन बिशेषत: पाकिस्तानको झण्डाको रंग हो र मुस्लिम धर्मका परिचायक रंगका रुपमा पनि रहने गरेका छन ।

यो आशयमा जातिय, धार्मिक मुद्दाको टेको टेकेर एउटालाई राष्ट्रबादी र
अर्कोलाई अराष्ट्रबादीहरुको गठबन्धन भनेर चित्रण गरेका च्यानलबालाहरु पत्रकारिता जगतमा नाम चलेका अनुहारहरु हुन ।

हाम्रो नेपालमा गोरखापत्रको स्थिती अज्ञात रहदा बाँकीका राष्ट्रीय प्रिंट
मिडिया वा बेवपोर्टलहरु 'अलमस्ट अल' कुनै न कुनै संस्था, दल वा संगठनको अनुदानमा चल्ने गरेको कुरा लुकेको छैन । निष्पक्ष भनिने चौथो अंगमा यसरी 'डिप्लोमेसीको' लंगोटी लगाई दिए, तर पनि यि १४ भाई कच्छामा छमछम नाच्न पछि पर्दैनन् ।

बिगतका एक दशकमा भएका केहि छिटफुट निर्णय बाहेक बाँकी धेरैजसो निर्णयहरु विवादास्पद, अबैधानीक, मनमौजी, दलपरस्तका आक्षेप लाग्ने गरेका छन । सर्बोच्च पनि प्रधानमन्त्रीको कार्यालय सँगै सारिनु पर्ने कुरा पनि बेला बेला नउठेको हैन ।

संघियताको अनाबरण संगै नयाँ बनाउनु पर्ने, ल्याउनु पर्ने, कार्यान्वयन
गराईनु पर्ने अनेक अध्यादेश, नियमाबली दलिय खिंचातानी वा 'डिप्लोमेटीक' प्रेसरले शुन्य प्रगतीमा छन । सांसद लस्कर लिएर कुनपूजा उद्घाट्नमा ब्यस्त छन । सुशाषन, विकास, उप्लब्धी भन्ने शब्दहरु नै प्रयोग नहुने अबस्थामा पुगेर लुप्त होला भन्ने डर हुन लागि सक्यो ।

न्यायपालिका, कार्यपालीका, ब्यबस्थापीका र सूचना-संचार - अब्यबस्था,
दिशाभ्रम वा कुनै अनौपचारिक पतनमा एक अर्कालाई चेकमेट गर्ने करेक्सन गर्ने र जनतालाई सुशासन दिने संस्थाहरु केहि संगठनात्मक लोभका अस्तब्यस्ततामा एकलौटी बनाइएका छन ।

उदाहरणको लागि 'दुधको साक्षी बिरालो' भने झै कुनै न कुनै रुपमा कतै
भ्रष्टाचारका मुद्दा खेपेकाहरु नै अख्तियार अनुसंधान बिभागमा रहेका छन । र यस्को कुनै उपाय छैन । जो जो नाली सफा गर्न भित्र पसे भेन्पायर किराले चिलेर त्यो भन्दा ठुलो रक्तपिपाशु बिनाशक भेम्पायर बनेर निस्के ।

वातावरणिय प्रभावको प्रचण्डताको ख्याल नराखी, यसरी नै चलिरहने हो भने संसारमा बाघ भन्दा पहिले मानव लुप्त हुने अबश्था नआउला भन्न सक्ने स्थिती छैन ।
ईती ॥

Tuesday, May 07, 2019

#जयभोलेनाथ

बुद्ध भुमीमा
जगजगी छ राक्षसहरुको
फेरि एक पल्ट
पापी संहारक
धर्मका संरक्षक
रुद्रले अवतार लिने
काल आयो
भैरवले अवतरण गर्ने
बेला भयो
दिव्याय देवाय
दिगम्बराय
पशुपतीनाथले
हामी सबैको रक्षा गरून
ॐ तत्सत् ॥

२४|०१|२०७६