Sunday, January 07, 2018

|| मिरामार ||


ईजिप्सियन लेखक नगिब महफुज लिखित 'मिरामारउपन्यास हातमा परेको लगभग १२ बर्ष पछि (२००८ मा) राम्ररी अधोपान्त पढन् अवसर जुटेको थियो । त्यसको लगभग दश बर्ष उपरान्त यो टिप्पणी लेख्दा सम्म कुनै पात्र मानसपटलबाट क्षिण भए जस्तो लाग्दैन । यस्तो ससक्त मनोभावका शब्दहरुबाट उनिएको उपन्यास कथाको प्लट १९६० इस्वीमा अलेक्जेन्ड्रियाको 'मिरामार पेंशन'मा मञ्चन गरिएको छ ।

उपन्यास पेंशनको बासिन्दाहरुको अन्तरक्रियामा निम्नानुसार आधारित छन । ग्रीक मिस्ट्रेस मारियाना र उनको दासी जोहरा । जोहराले प्रत्येक सँग गर्ने स्नेह वा निष्ठाको ब्यबहारले आन्तरिक डाहाको खिचलो निस्कन्छन । प्रत्येक निवासीले फरक समयको दृष्टिकोणबाट चार पटक कथा भनिएको छ, जसले पाठकलाई पोस्ट-क्रान्तिकारी मिश्रको जीवनको आक्रामकता बुझ्न सजिलो बनाईदिन्छ।

नगिब महफुज द्वारा लिखित मिरामारमा चार दृष्टीकोण बाट एउटै कथाको बयान गरिएको छ । आफ्नै दृष्टिकोणबाट प्रत्येकले कसरी एउटा सुन्दर केटीदासीको रुपमा काम गर्दै थाहै नपाई मिरामार पेन्सनमा बस्ने पाहुनाहरु लाई बिभिन्न रूपमा प्रत्यक्ष असर पारेका छन, भनेर बयान गर्छन । यद्दपीपीडित भए/देखिए तापनि उनि एक्लै एक राम्रो चरित्र भएका युवति हुन्छिन ।

अस्सी-नब्बे बसन्त काटेका अमेर वाग्दीएक कठोर पूर्व-पत्रकारको केहि दिन शान्ति पूर्वक आफ्नो बाँकी दिन बिताई बाँच्ने आशा लिएर मारियानाको मिरामार पेन्सनमा आगमन हुन्छ । तर अर्को साठी-सत्तरी बर्षिय बृद्ध तोलबा मरजुक आफ्नो विचारधारा विपरीतका सँगी लेखकको उपस्थितीमा यो असम्भाव्य देखिन्छ  दुवैले लामो समय देखि मारियानालाई चिनेका हुन्छन । एक सुन्दर, निर्दोष, देहाती युवा महिला जसको नाम जोहरा सलमा हुन्छ त्यहाँ दासी रूपमा नौकरी गर्छिन । 

मरियानाको मिरामार पेन्सनमा अरु तिन युवा पत्रकार/लेखकहरु सरहान अल-बेहेरी र होस्नी अलाम र मनसुर बही सामेल हुन्छन । एक प्रसिद्ध गायक उम्म कुलथुमका मासिक रेडियो प्रसारण कार्यक्रममा उनिहरु एक अर्का संग परिचित हुन पुगेका थिए ।

सरहान आफ्नो प्रेमिका सफेया बराकत सँग दिक्क मानेर गोप्यरुपमा जोहरा सँग सम्बन्ध स्थापित गर्न खोजि रहेका थिए । दासी जोहरा एक वेश्या हुन र पेंसनका मालकिन मरियाना उनको दलाल भनेर ब्यापक हल्ला चलेको हुन्छ पाहुनाहरु माझ । उता सफेयाले यो कुरा थाहा पाएर पेंसनमा सरहान सँग अन्तिम भेट र ब्रेक-अप गर्न आउदा ठुलो होहल्ला हुन्छ । पछि सरहानका साथी होस्नीले उनलाई सम्झाएर बाहिर पठाउछ ।

आकर्षक शिक्षक अलेया मुहम्मद आफ्नो परिवार सँग तिनै भवनमा बसेका हुन्छन । अनपढ जोहरा अलेया मुहम्मद सँग केहि पढाइका पाठहरु लिन शुरू गरेकी हुन्छिन । जोहराका परिवारले उनिलाई जबरजस्ती  घर फर्काइ लिएर जान पनि हार मानि सकेका हुन्छन ।

सरहानका अर्को एक मित्र महमुद अबू-अब्बास पत्रिका विक्रेता हुन, उसले जोहरा सँग राखेको विवाहको प्रस्ताव अस्विकार गरेकी हुन्छन । सरहानले जोहरालाई पढन भनेर अलेया मुहम्मदको ट्युसनमा छोड्न जाँदा महमुद सँग ठुलो घम्सा घम्सी भएको हुन्छ । बिचमा एक पटक होस्नीले पनि जोहरा सँग बलात्कार प्रयास गर्दा तिनी र सरहानको ठुलो घम्सा घम्सी भएको थियो 

जब सरहान और मंसूर क्षणिक मौज मस्तीका लागि एक प्रौढ महिला डोरेया (जसका पति कुनै अपराधमा कारावासमा हुन्छन) प्रति लोभिएका छन र आफैमा झगडा गर्छन । मरियानाले बदमास सरहान लाई पेंसनबाट बाहिर निकाल्नुको अर्को बिकल्प देखिनन । 

उता मंसुर सरहानलाई मार्न आतुर थियो । एक दिन सरहान भट्टीबाट फिट्टु भएर निस्किंदा मंसुरले उसलाई पछ्याउदै हिडेको हुन्छ । यस्तो लाग्छ मंसुरले नै टल्ली भएको सरहानलाई बाटोमा मर्ने गरि पिटेको हुनुपर्छ । तर बास्तवमा, सरहान आफ्नो साथी अलीबकिर सँगको अपराधिक धंधाको पोल खुल्ने र प्रशासन द्वारा समातिने डरले आत्महत्या गरेको हुन्छ ।

बिहान सुतेर नउठदै मंसुरले सरहानको हत्याको लागि आफु प्रहरी समक्ष आत्मसमर्पण गर्छ तर शव-परीक्षामा त्यो निर्दोष छ भनेर प्रमाणित हुन्छ । कसैलाई थाहा हुदैन कसलाई के हुन्छ । 
(पूनश्च: हत्या अनुसंधानको क्रममा बाँकीको तिन दृष्टिकोणको कथा पढन त किताब नै पढ्नु पर्छ)

मारियानाको मिरामारमा नराम्रो भाग्य लिएर आएकी र यि सबै भाडभैलो ल्याएको भनेर दोष लगाई जोहरालाई नौकरीबाट निकाली दिन्छन । बृद्ध अमेरले कोमलतापूर्वक जोहरालाई दुःख-कष्ट लगायतमा आफूलाई सम्हालिन आफु राम्रो जीवन बनाउन हौसला दिन्छ ।

फोटो साभार : गुगल