Tuesday, December 29, 2015

जुँङ्गाको लडाईमा पुर्खाको स्वाभिमान लिलाम नगरौ ॥

साझा-सवालको गतांङ्कमा महेश्वर राय यादवले ७५% जनता मधेस आन्दोलनको साथमा वा पक्षमा भनेका छन । डाटाको कुनै जेनुईन रिसोर्स नभएको बेला १००% वा सम्पुर्ण नेपाली नै पक्षमा छन भन्दा केहि फरक नपर्ला । जातयिता र बिभेदको राजनीति माओवादीले गरेर आम जनतालाई झुक्याएको ताजा अनुभव मलिन नहुँदै फेरी यहि असहिष्णु तुक्काको भरमा आन्दोलन चलाउन यिन लाई पनि कम हम्मे परेको छैन ।

रेणु यादबको समानुपातिक अधिकारको बिचार सुन्दा यि मधेसी नेताहरुको राजनीतिक ज्ञान त ढिक्कै फिटकिरी रहेछ । बेस्वाद, बेरंङ्, बेढंङ् । मधेसी जनतालाई इमोसनल ब्ल्याकमेल गर्ने । संस्कृति र अधिकारको शब्द-भुमरीको जालमा फसाउने, झुठा आश्वासन दिएर बिगतमा ठगेका यिनै नेताहरुले अबको नयाँ अबधारणामा आम जनता संग गद्दारी गर्दैनन भनेर कसले ग्यारेन्टी दिन सक्छ । माधव नेपालको जनमत संग्रह गराउने कुरामा, डराई डराई किन भन्नु पर्थ्यो कि गर्ने तर मधेस प्रदेशमा मात्रै । ७५% जनताको सहभागीताको घमण्ड कता हरायो?

राजतंत्र, बहुदल, लोकतंत्र, गणतंत्र सबै ब्यबस्थामा यिनको सहभागिता थियो । यिनी आफ्नै बिरोधमा उभिएका हुन भने, जुनकुनै नयाँ ब्यबस्था जनताले रोजे, यि सबै पुरातनबादी नेताहरु स्वत: अवकास लिने, नयाँ पुस्तामा अधिकार हस्तान्तरण गर्ने त्याग गर्न प्रतिबद्ध छन ? लोकतान्त्रिक अभ्यासमा नयाँ प्रदेशका लागी जिल्ला जिल्लामा जनमतसंग्रह गरौ न त । कुन जिल्ला कुन प्रदेशमा बस्ने भनेर । जनताको राय र मनसाय अनुसार सिमांंङ्कन गरौं ।

पुरा नेपाली भुभागमा आंतरिक प्रसाशकिय संरचना वा प्रदेश सिमांंङ्कनको निर्णय एक मात्र खस-आर्यले गर्न सक्दैन भने जस्तै, तराईका जिल्लाहरुमा बस्ने पहाडीमुलका जनता र मधेसी बडे जातबालाहरु संगै मुस्लिम, आदिबासी, जनजातीको अधिकारको निर्णय यि कथित उच्च जातबाला झा, ठाकुर, यादव, महतोहरुले मात्र कसरी गर्छन । सबभन्दा पहिले समानुपातिक सहभागिता आफ्नो पार्टी भित्र किन लागु गर्दैनन ? कहाँ छन छातीमा गोलीखाने जनताको जात या समुदायको प्रतिनिधित्व? कि अहिले पहाडी संग मधेसीको अधिकार भनेर लडने । पछी मधेसी संग मुस्लिमको अधिकार भनेर लडने । अली पछी ब्राह्मण, यादब, राजपुत संग दलितको अधिकारको लागी छुट्टाछुट्टै लडने । यो लडने नियतीको कहिले अन्त होला? समाजको लागी जागृत हुनु र आफ्नो पद र लाभको लागी जागृत हुनुको फरक छुट्टयाँउ । मर्ने मरिहाले, तिनका नाममा सत्तारोहण गर्ने लोभको राजनीतिको अन्त होला?

लौहपुरुष गणेशमानले भने जस्तो एक्काइशौं शताब्दीका जनता 'भेंडा' हुन आबश्यक छैन । खुम ब. खडका र जेपी गुप्ता हरु भ्रष्टाचारको मुद्दामा जेल पर्दा खुसयाली मनाउने जमात नै उनिहरु जेलबाट छुट्दा अबिरयात्रा गर्ने हरु थिए । चेतौ ! कालोलाई कालो भन्न सक्ने हिम्मत जुटाँउ, दुईजिब्रे नेताहरुको जुँङ्गाको लडाईमा पुर्खाको स्वाभिमान लिलाम नगरौ ॥

एकजना मित्र @sanpokh ले ट्विटरमा एकदम सटिक लेख्नु भएछ - "यो हुरीबतास कुनै दिन थामिन्छ । थामिएको दिन हावाको झोंकामा कसले धोती गुमाए, कसले टोपी भन्ने हिसाबकिताब होला ।" यो दिनको पर्खाई हामी सबै आम जनतामा रहनेछ ।

॥ जय मिथीला, जय नेपाल ॥

No comments:

Post a Comment