Sunday, August 23, 2020

सचेतन प्रतिवाद

धार्मिक आस्थामा प्रहारको श्रृंखला चलि रहेको बेला स्वनामधन्य बिद्वानकालागि आफ्नो मनमा आएको बिचार संप्रेषण गरेको छु । यो लेख निहित ब्यक्तिगत र सर्वाधिकार आफैमा सुरक्षित रहेको छ । कसैलाई सिकाउने, बुझाउने उदेश्य पनि होईन र कुनै धर्म सम्प्रदायको उत्थान वा आलोचना, वा कुनै ब्यक्तीबिशेषमा लक्षित नबुझीदिन आग्रह गर्न चाहन्छु ।

 

सनातन संस्कृती र संस्कारले मानव जाति बाहेक पनि हरेक सजिव संग सदाचार र सहानुभुती राख्ने ज्ञान दिएको छ । बेला बेलामा बिभिन्न धर्मका अनुयायी द्वारा धर्म प्रबर्धनका नाममा गरिएका एक अर्का प्रतिका दुर्ब्यबहार वा अरु अबाँछित समाचार नआएका हैनन तर पनि स्थिती असामान्य भएको जानकारीमा आएको छैन । बिगत दुई दशकमा उलेख्य रुपमा बढेको मस्जिद र गिरिजाधरहरुको संख्याले पनि यो सदाचार र यसले अरु धर्मका अनुयायी संग कुनै प्रकारको धार्मिक द्वन्दको संभावना न्युन रहेको पुष्टी गरेको छ ।  

 

केहि बिद्वानहरुले पोर्ट्रेट गरेको जस्तो नेपाल भित्र समाजमा धार्मिक आतंकको जस्तो 'हौवाफैलि नसकेको र संभावना पनि न्युन रहेको आकलन गर्न सकिन्छ । यसरी समाजमा धर्मको नाममा द्वेस फैलाउने काम 'नाम वा दाम' कुन लोभ र स्वार्थको लागि गर्दैछन त्यो अर्को अनुसंधानको बिषय हुन सक्छ । र, यसमा अध्येता र बिद्वानहरुको एउटा ठूलो जमात लागि परेको देख्न सकिन्छ ।

 

बिगतका दशकमा केहि 'बिग-शाट'हरुलाई छिमेकी देशका शुटरले 'सुपारी' लिई टर्मिनेट गरेका ब्यक्तीहरुको नाम/धर्म र तिनका अबैधानिक क्रियाकलापको कथा उघिन्ने हो भने यो लेख अर्कै तिर मोडिने देखिन्छ ।

 

धर्मको नाममा अन्य छिमेकी देशहरुमा के भएको हो/थियो बाट सोझै सरोकार हाम्रो भुभागमा नपरे पनि अप्रत्यक्ष रुपमा केहि प्रभाव पर्ने कुरालाई उपेक्षा गर्न सकिदैन । बिगतमा यस्तै साम्प्रदायिक खिंचातानीले भुटानी र रोहिङ्गिया शरणार्थीको आगमन संगै र सो ले प्रभावित पारेको सामाजिक र आर्थिक भारले देशले ब्योहोरेको क्षती ठूलो अध्ययनको बिषय हो तर यो कसैको चाख वा चासोको बिषय भएनन् । 

 

पहिले देखि भएका/भइरहेका धार्मिकस्थानहरुको अतिक्रमणको कथा नयाँ होइन । कब्जा गर्ने, फिर्ता गर्ने नाटक शताब्दीयौ देखि चलिरहेका छन र चलिरहनेछन । यो संदर्भमा हालै ईजराइल-फिलिस्तिनमा भइरहेको चलखेल संगको तेश्रो/चौथो शताब्दीमा निर्माण भएको हेजिया-सेपियाको परिदृष्य कोट्याउन सांदर्भिक देखिन्छ ।  (उत्सुकले उपलब्ध अनेकौ आर्टिकल नेटबाट खोजेर पढनु होला ।

 

यहाँ एकखाले स्खलित बिद्वानहरु छन जुन कथामा भएका पात्रहरुलाई  बङ्ग्याएर स्वमुत्रआहालमा न्यानोपनको जस्तै आनन्द लिईरहेका हुन्छन ।  तिनले वेद पुराण वा अन्य ग्रन्थहरुको श्लोकहरुलाई जानिजानी वा नजानी समुदायलाई होच्याउने जस्ता निचस्तर को ब्याख्या गर्दै आएका छन । उदाहरणको लागि राधा/मिरा जस्ता पात्रलाई भौतिक प्रेमिका भन्दा नि त्यस पात्रले बनाएको मायात्याग र तपस्याको 'अणुमण्डलजस्टिफाई गर्नु पर्ने ठाँउमा श्रीकृष्णलाई सोह्रहजार श्रीमती बनाएका भनेर दुष्प्रचार गरिरहेको पाइन्छ । गोपीनी विवाह गरेर यौनसंतुष्टी मात्रको लागि कृष्णको बर्णन गर्ने कि त्यो बेलाको समाजमा कुनै दानव/असुर द्वारा अपहरण गरिएकालाई मुक्त गरेपछि सामाजिक रुपमा परिष्कृत नारीहरुको दायित्व लिएर तिनलाई ससम्मान समाजिक अधिकार दिलाउने नायकको रुपमा लिने ? माईती नेपालका 'अनुराधा कोइराला'ले हजारौ महिलालाई दिएको आश्रय पनि त्यस्तै होईन ? एउटालाई 'हिरो' अर्को लाई 'जिरोमूल्यांकन गर्ने कस्तो मापदंड हो यो ?

 

यसमा मेरो एउटा पुरानो ब्लग 'अहं ब्रह्मास्मि'को सानो भाग उल्लेख गर्न आबश्यक छ । अनुच्छेदमा बिबेचना गरिएका नकलटांस अनुसार:


ब्राह्मण र हिन्दू देवी देवतालाई अकारण अनेक दोष लगाउने । बेदपुराणउपनिषदले महिला हिंसा र असमाजिकातालाई प्रस्रय दिएको भन्नेहरुले यहाँ उल्लेखित केहि जानकारी लिनु होला । त्यहिं पौराणिक कथाको आधार लिने हो भने सनातन हिन्दु भित्रका एक जाति ब्राह्मण । जसलाई युगौ देखि राक्षसपिशाचदैत्यमुगलअंग्रेजकांग्रेसवामपंथीजनजातिका राजनीतिक पार्टिहरु वा अरु अनेक जात जातिले आक्रमण गर्दै आएका छन ।

 

आरोप छ कि ब्राह्मणले जातिय भागबण्डा गरे । उत्तरमा

सबै भन्दा प्राचीन ग्रंथ वेद 'अपौरुषेयको संकलक वेदव्यास जी मल्लाहिन (माझी) को गर्भमा जन्मेका थिए ।

१८ पुराणमहाभारतगीता जस्ता ग्रन्थका रचनाकार व्यास ब्राह्मण थिएनन । जसमा वर्णव्यवस्था र जाति व्यवस्थाको बर्णन छ ।

कालीदास आदि जस्ता केहि कवि जुन वर्णव्यवस्था र जातिव्यवस्थाका पक्षधर थिए जन्मजात ब्राह्मण थिएनन ।

 

मेरो प्रश्न : कुनै एक ग्रन्थका नाम सुझाउनुस जसमा जाति व्यवस्था बर्णन गरिएको होस र त्यसका लेखक कुनै ब्राह्मण होसएउटा पनि छैन । तपाईले मनुस्मृतीको कुरा गर्नु होला । मनु महाराज क्षत्रिय हुन । मनुस्मृति तपाईले कहिल्यै पढनु भएन वा पढदा केहि श्लोक जसको अर्थको प्रयोजन केहि अन्य भए पनि तपाँई आफ्नो विचारानुसार मात्र बुझ्नु भयो । मनुस्मृति पूर्वाग्रह रहित सांगोपांग पढ़नु भयो भने छिद्रान्वेषण भन्दा गुणग्राही बनेर पढ़नुले स्थिति स्पष्ट हुन्छ ।

 

प्रकृति र मानव कल्याणार्थ बिभिन्न बिधाका संचय अनुसंधान एवं प्रयोग हेतु ब्राह्मणले आफ्नो पूरा जीवन भयानक जंगलमाघोर तपस्या र दरिद्रतामा बिताए । उनि संग दुनियाँ सँग प्रपंच गर्न हेतु समय शेष थिएन । कसैले भन्न सक्छन कि समस्त विद्यामा प्रवीण एवं निपुण हुँदा पनिसर्वशक्तिमान् रहेता पनि ब्राह्मणले पृथ्वीका कतै कुनै राष्ट्र वा देशमा राजभोग गर्न हेतु गद्दी स्वीकार गरेका थिए ?

 

यहाँ बुझाउन खोजेको कुरा के पनि हो भने अनुपातिक रुपमा धेरै ब्याख्याताहरुमा ज्ञानको आभाव छ वा उनिहरु संग सत्यापित श्रोत हुदैन । धार्मिक द्वन्द फैलाउने उदेश्य राखेकाहरुले कसरी कुरा नबुझी बिना कुनै सत्यापन संवेदनशिल बिषयमा टिप्पणी गर्छन, यसको उदाहरण प्रस्तुत अनुच्छेद बाट प्रष्ट हुन आउछ । विदेशी मानसिकताले ग्रसित वामपंथिहरुले कुचक्र रचेर गलत तथ्य पेश गरेका छन । इतिहास संरचनामा केहि विदेशी संचालित षड्यन्त्रले बिद्वेसका बिउ छर्न थालेको नयाँ कुरा होइन । हाम्रा बिद्वान लेखकहरुले बिभिन्न श्रोतबाट उपलब्ध गरेका सूचनालाई सत्यापन गरिदिने प्रयास भएको देखिदैन । सबको आफ्नो ढिपी छ र सबैले आ-आफ्नै तालले डकुमेन्ट गरिरहेका छन । यो तालले कुनै बेला पश्चिमाहरुले डकुमेन्ट गरेर हाम्रो ईतिहास बङ्ग्याएका आज थाहा पाए जस्तै सायद भबिष्यमा त्यस प्रकृतीको रेफरेन्सलाई नै मूल मानेर अघि पत्याउनेको संख्या थप्दै जानेछ ।


सनातन धर्म अनुशाषन र न्यायको माइलस्टोन हो र रहनेछ । निर्जल निराहार ब्रत बस्ने देखि सर्बभक्षी समेत रहेका छन । यहाँ हरेकले आफ्नो सुबिधानुसार कर्म/धर्म गर्न स्वतंत्र छन, मानव समाजको लागि यो भन्दा लोकतान्त्रीक र बैज्ञानिक providential theology अन्य धार्मिक समाज प्रस्तुत हुन सकेको छैन ।  

 

कबिरले भनेका छन:

राँम नाँम जिन पाया सारा । अबिरथा झूठ सकल संसारा 

 

भारत द्वारा भिन्न समयमा प्रचार गरिएका जानकी जन्मभुमी (जनकपुर/सीतामढी)बुद्धका जन्मस्थान (कपिलवस्तु-तिलौराकोट-पिपर्ह्वा)सयौ ठाँऊमा मिचिएका सिमाना (लिम्पियाधुरा हटकेक छदैछ)वा नेपाल द्वारा हालै प्रचार गरिएका अयोध्यापुरीका घटना फगत 'पोलिटिक्स अफ डिस्ट्राक्सनहुन भनेर आकलन गर्न गाह्रो नहोला ।

 

यहाँ ब्यक्तिगत इन्ट्रेष्ट लिएर गढीमाईको बलीलाई सामुहिक पशु हत्या को बितंडा र बकरिद वा इस्टरमा संस्कृती सुरक्षाको चित्रण गर्ने दुई जिब्रे हाम्रा बिद्वान समुह पनि यसैमा चासो राख्छन र बेला बेला पेड/अनपेड अध्येताका दोष खेपी रहन्छन । हामी यसै प्रकारका ब्यर्थ मुद्दामा अल्झिरहदा कथित 'माफिया'ले आफ्नो कुनै अर्को उद्देश्य जस्कालागि जनताको ध्यान मोडेका हुन्छनपुरा गरि रहेका हुन्छन ।

 

गणेशमान हजुर'बाले त्यसै भेंडा भनेका हैनन नि हामीलाई । फुर्सदै नहुनेले चानचुन नपुग हजार शब्दको ब्लगै लेखेर सके ।

 

(हिज्जे ब्याकरण बुझेर मिलाएर पढनु होला, अरु भुलचुक नलिने नदिने)