Monday, September 24, 2018

|| अहं ब्रह्मास्मि ||

अहं ब्रह्मास्मि ।
(यजुर्वेदः बृहदारण्यकोपनिषत् अध्याय १, ब्राह्मणम् ४ मंत्र १०)

उपनिषदका चार महावाक्यहरु मध्येबाट एक महावाक्य "अहं ब्रम्हास्मि" हो । महावाक्य पुरै अध्यात्मिक शास्त्रको निचोड़ हो । उपनिषद् अध्यात्मिक शास्त्रको प्रमाण ग्रंथ हो । अहं ब्रम्हास्मिको सरल अर्थ - अहं ब्रह्म अस्मि। अर्थात म ब्रह्म हूं ।

वैदिक संस्कृती जुन कि संसारमा सबै भन्दा पुरातन एवं सर्वोत्कृष्ट मानीन्छ । यो संस्कृती को मान्यता छ कि भगवानले यो सृष्टी गर्नु भएको हो । भगवानले सृष्टी बनाए र वहाँ स्वयं चराचरमा व्याप्त हुनु हुन्छ ।

गीतामा श्रीकृष्ण स्वयंले भन्नु हुन्छ 'सर्वस्य चाहं हृदि सन्निविष्टो' अर्थात, म सबै प्राणीको आत्मामा बस्छु । अहं ब्रह्मास्मि यो वाक्यले मानवलाई महसुस गराउछ कि जुन भगवानले यतिका बिशाल सागर, पर्वत, ग्रह,
ब्रह्माण्डको रचना गर्नु भयो उनै अखंड शक्तिस्रोतको एक अंश म पनि हूँ । मलाई पनि त्यो तेजोँऽश जागृत गरि उस्तै बन्नका लागि प्रयत्न गर्नु पर्दछ र पश्चात उसको नैतिक उन्नतीको शुरूवात हुन्छ ।

ब्राह्मण र हिन्दू देवी देवतालाई अकारण अनेक दोष लगाउने । बेद, पुराण, उपनिषदले महिला हिंसा र असमाजिकातालाई प्रस्रय दिएको भन्नेहरुले यहाँ उल्लेखित केहि जानकारी लिनु होला । त्यहिं पौराणिक कथाको आधार लिने हो भने सनातन हिन्दु भित्रका एक जाति ब्राह्मण । जसलाई युगौ देखि राक्षस, पिशाच, दैत्य, मुगल, अंग्रेज, कांग्रेस, वामपंथी, जनजातिका राजनीतिक पार्टिहरु वा अरु अनेक जात जातिले आक्रमण गर्दै आएका छन ।

आरोप छ कि ब्राह्मणले जातिय भागबण्डा गरे । उत्तरमा
- सबै भन्दा प्राचीन ग्रंथ वेद 'अपौरुषेय' को संकलक वेदव्यास जी मल्लाहिन (माझी) को गर्भमा जन्मेका थिए ।
- १८ पुराण, महाभारत, गीता जस्ता ग्रन्थका रचनाकार व्यास ब्राह्मण थिएनन । जसमा वर्णव्यवस्था र जाति व्यवस्थाको बर्णन छ ।
- कालीदास आदि जस्ता केहि कवि जुन वर्णव्यवस्था र जातिव्यवस्थाका पक्षधर थिए जन्मजात ब्राह्मण थिएनन ।

मेरो प्रश्न : कुनै एक ग्रन्थका नाम सुझाउनुस जसमा जाति व्यवस्था बर्णन गरिएको होस र त्यसका लेखक कुनै ब्राह्मण होस? एउटा पनि छैन । तपाईले मनुस्मृतीको कुरा गर्नु होला । मनु महाराज क्षत्रिय हुन । मनुस्मृति
तपाईले कहिल्यै पढनु भएन वा पढदा केहि श्लोक जसको अर्थको प्रयोजन केहि अन्य भए पनि तपाँई आफ्नो विचारानुसार मात्र बुझ्नु भयो । मनुस्मृति पूर्वाग्रह रहित सांगोपांग पढ़नु भयो भने छिद्रान्वेषण भन्दा गुणग्राही
बनेर पढ़नुले स्थिति स्पष्ट हुन्छ ।

अब भन्नु हुन्छ ब्राह्मणले के गरे ? प्राचिन कालका मानवकल्याणका निमित अनेक ग्रन्थहरु ब्राहम्ण द्वारा लेखिएका छन ।
(क) यन्त्रसर्वस्वम् (इंजीनियरिंग) - भारद्वाज
(ख) वैमानिक (विमान) शास्त्रम् - भरद्वाज
(ग) सुश्रुत (सर्जरी चिकित्सा) संहिता - सुश्रुत
(घ) चरक (चिकित्सा) संहिता -चरक
(ङ) अर्थशास्त्र (जसमा सैन्यविज्ञान, राजनीति, युद्धनीति, दण्डविधान, कानून आदि महत्वपूर्ण विषयहरु छन) - कौटिल्य
(च) आर्यभटीयम् (गणित) - आर्यभट्ट यस्तै छन्दशास्त्र, नाट्यशास्त्र, शब्दानुशासन, परमाणुवाद, खगोल विज्ञान, योगविज्ञान सहित अनेक बिधामा ग्रन्थ लेखे ।

प्रकृति र मानव कल्याणार्थ बिभिन्न बिधाका संचय अनुसंधान एवं प्रयोग हेतु ब्राह्मणले आफ्नो पूरा जीवन भयानक जंगलमा, घोर तपस्या र दरिद्रतामा बिताए । उनि संग दुनियाँ सँग प्रपंच गर्न हेतु समय शेष थिएन । कसैले भन्न सक्छन कि समस्त विद्यामा प्रवीण एवं निपुण हुँदा पनि, सर्वशक्तिमान् रहेता पनि ब्राह्मणले पृथ्वीका कतै कुनै राष्ट्र वा देशमा राजभोग गर्न हेतु गद्दी स्वीकार गरेका थिए ? विदेशी मानसिकताले ग्रसित वामपंथिहरुले कुचक्र रचेर गलत तथ्य पेश गरेका छन ।

इतिहास संरचनामा केहि विदेशी संचालित षड्यन्त्रले बिद्वेसका बिउ छर्न थाले । ब्राह्मणले सधै देश शक्तिशाली होस, अखण्ड रहोस र न्याय व्यवस्था सुदृढ़ रहोस भन्ने चाहना राखेको पाईन्छ ।

सर्वे भवन्तु सुखिन:सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दु:ख भाग्भवेत् ।।

(वेबसंजालका विकिपेडिया तथा अन्य आध्यात्मिक साईटहरुबाट सुचना सँग्रहित र सत्यापन गरि नेपालीमा अनुवादीत)

|| bonded bandit ||

yes,
love is an illusion
that,
love is not for men
it's a
bond of social obligations
basically,
a social slave
a bonded bandit
commitment
plan
execution
there is no life
there is no love
no love at all
#justlikethat

(22.09.2018)

Sunday, September 02, 2018

हेप्पी बर्थडे, कृष्णा - !! भगवान हराएको साल !!


तिथि: भाद्र कृष्ण अष्टमी
स्थान: कृष्ण मन्दिर, पाटन, ललितपुर

आधा रात, पाटनको साँघुरा र अँध्यारा गल्लीहरुबाट हुलका हुल महिलाहरु/पुरुषहरू कृष्णमन्दिर तिर भेला हुँदै थिए । रातो पहिरनमा नारीहरू वातावरण नै रातै पारेका थिए । लामबद्द भक्तजन बिहान पुजा गर्न चाडै पालो पाउन यति बिघ्न दुख: गरि रातारात मन्दिर परिसरमा भेला भएका थिए । रक्तिम वातावरण र राधा-कृष्णका भजन किर्तनले मन्दिर परिसर थप मुग्ध बनेको थियो ।

सिमसिम परिरहेको पानी, छानाबाट चुहिएको पानीका लहरै थोपाहरुले छाता माथि बज्ने टपर-टपर पानीको आवाज । भक्तजनहरु चाँडै पालो पाउन लाइनमा ठेलम ठेल गरि रहेका थिए ।

हुलका हुल मान्छे । कसरी सक्ने होलान यतिका मान्छेले एकै दिनमा पुजा गरेर । मध्यरात पछि मन्दिर खोल्ने र पुजा शुरु गर्ने प्रचलन चलाउन परेको यसै कारणले पो थियो कि ! के थाहा ? दिपमा तेल हालेर बाती उजाउँदा भर्रर बलेर आएको प्रकाशमा पुजारीको निधार खुम्चियो । आश्चर्यले आँखा अझै ठुलो पारेर हेरे । अझैँ अलि अघि सरेर हेरे । छैनन्... । अहँ छैनन् त...!! कता गए गोपाल ! शताब्दियौ देखिको बास यसरी छोडी हिडेको र फर्केको त कुनै कथा सुनेकै थिएन ।

एकाएक हल्ला भयो । भगवान छैनन रे खोपीमा । कृष्णजी गायब। राधा रुक्मिनी सबै आश्चर्य चकित । एक एक गोपिनीको घरमा छान मार्न समय थिएन, तै पनि भारदारहरु दौडिए । भक्तजनमा हाहाकार, कोलाहल, रुवाबासी । अनेक शंका उपशंकाहरू थपिए । तर अहँ कतै छैनन । नाम निशानै छैन । 

बोलो हरि.. बोलो गोबिन्द बोलो !
हरि गोपाल बोलो !
नजिकैको डबलीमा एक हुल मान्छेहरु ठुलो स्वरमा भजन गरिरहेका छन् । सायद ती मान्छेले अहिले सम्म केहि थाहा पाएका छैनन् । आफ्नै भक्तिमा लिन, भजनमा रमेका, झुमेका । तिनलाई भित्र खोपीको भगवान गायब भएको न कुनै जानकारी थियो न कुनै मतलब । तर कतिबेर । बाहिरको हल्ला खल्ला त्यहाँ नि पुग्यो । सबै भक्तजनहरु चिन्तित तर भजन रोकिएन । भगवान हराएको यो पहिलो घटना थियो, ललितपुर नगरीमा ।

त्यहिं कुनामा अलि अँधेरो पारेर एकजना लम्पसार पल्टेका थिए । एउटा खुट्टाको कल्ली पनि थिएन । अर्को खुट्टाको कल्ली निकाल्ने प्रयास गर्दा गर्दै पनि नसकेर छोडेको जस्तो ठाँउ ठाँउमा कुल्चिएको बाँड्गो । पछि ठोकठाक पारेर मिलाएको जस्तो पनि ।

- ओ! ब्रो, उठ । यता डबलीमा पनि कोई सुत्छ ।
- पुजा शुरु भै सक्यो ? अन्कनाउदै बोल्यो सुतेको शरिर ।
- भगवान गायब छ रे । छैनन् खोपीमा ।
- कति चाँडै, शुरु गरेका । बिहान त हुन दिनु ।
- मान्छे धेरै छ । भ्याउदैन ।
- ल ल । भनेर यसो कोल्टो फेर्दा जनैमा बाँधेको बाँसुरी अडकेर बसेको थियो ।
- किन लठ्ठी लिएर हिड्या ।
- यो मैले बजाउने बाजा हो, चाहिन्छ ।
- अनि किन लम्पसार, सञ्चो छैन क्या हो ब्रो लाई ।
- अलि टाउको दुखेको छ, हिजोकी साहुनीको आइला राम्रो थिएन ।
- अनि किन रक्सी खाएको ब्रतको दिनमा ।
- अरुलाई पो ब्रत, मेरो त बर्थडे नि, यसो चुस्स लगाउ कि भनेर गएको, पैसा नि थेनन, एउटा कल्ली दिएर कुरा मिलाए । अर्को नि चाहिन्छ भन्दै थिई साहुनिले । निकाल्नै नसकेर बच्यो । अर्को साल यसैले टार्नु पर्ला ।

- के रे, बर्थडे । कस्को बर्थडे ?
यसो आफ्नै शरिरले छेलेको प्रकाश छेउ पारेर हेर्दा ओहो! साक्षात भगवान श्रीकृष्ण पो त । राता राता आँखा, मयुर प्वाँख किचिएर किचमिच भएको । लुटपुटिएको पिताम्बरीको सप्को तानेर मिलाउदै थिए ।

- ल छोड म, जान्छु अब, भित्र हल्ला भइ सक्यो होला । ह्याङ्ग पो भयो जस्तो छ, कस्तो टाउको दुखेको ।

झिलिप्प भयो र भगवान त्यहाँ अन्तर्ध्यान भई खोपीमा पुग्नु भयो । कलश माथिको दिप पिलिक्क निभ्ला झै भयो अँध्यारो अँध्यारो जस्तो भयो फेरी झिलिक्क गर्यो ठुलो प्रकाश देखियो। पुजारीले हेर्दा भगवान ढलमल गर्दै गद्दीमा बिराजमान हुनु हुँदै रहेछन् । पुजारीले नमन गरे । भगवान मुसुक्क हाँस्नु भो ।

शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं
विश्वाधारं गगनसदृशं मेघवर्ण शुभाङ्गम् ।
लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यम्
वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथम् ॥ 

भट्ट्याउदै । पञ्चपातमा राखको सबै पञ्चगब्य अर्पण गर्दै, अब यस्ले एकै छिनमा सञ्चो हुन्छ, पिर लिनु पर्देन् ।

बिहान उज्यालो हुन् हुन लागेको थियो, परेवा तथा अन्य चरा चुरुङ्गी चिरबिर गर्न थालि सकेका थिए । भक्तजनहरु एक एक लाईनमा पुष्प अबिर अर्पण गर्दै भक्तिमा लिन हुँदै गए, लाईन बढ्दै गयो । एवम् प्रकारले साँझ सम्म पनि भ्याई नभ्याई थियो । 

बाटो पारी बुढीमाँले यसो मन्दिर तिर हेरिन, कल्ली हाथमा निकालेर निकै बेर हेरिन, फेरि पटुकी भित्र लुकाएर राख्दै आँखा चिम्लिइन र सम्झिइन मनै मन, केहि फतफताईन ।
जन्मदिबस्य हार्दिक शुभेक्षा ।
जय श्री कृष्ण
जय श्री कृष्ण गोविन्द गोविन्द हरे मुरारे
हे नाथ नारायण वासुदेवाय :
हे नाथ नारायण वासुदेवाय :

(फोटो साभार: गुगल)