Tuesday, May 31, 2016

|| _ एकालाप _ ||

साँधुरो गोरेटो
माटाको गारो
खहरेको धार
फाँटको खेत
खरबारी,
आँपको बगैचा
लटरम्म फलेका अम्बा

सालमा आउने
दुईसालमा आउने
कहिल्यै नआउनेहरु
परदेशीको बाटो हर्दै
कलिला आँखाहरु

अगेनामा
पोलेको मकै
पिनेको नुनखुर्सानी
ट्वाक्क पार्ने जिब्हा
कुवाको पानी  
र,
लच्किएको कमर
छचल्किएका पानी
माटाको घैंटा

औंसीको रात
टिमटिम जुनकिरी
किर्रकिर्र
ब्यथित पुकार

बिहानीको आश
लालीमय आकास
आशाको किरण
मन्द पवन

~~*~~*~~
फोटो श्रोत: गुगल ;)