Thursday, January 15, 2015

"मकर सकरांति"

आजको तिला सकरांति (मकर सकरांती) 'जातर/तिल मिक्सड क्र'सण्ट' खाएर बिताए, अब नयाँ लाग्दैन बर्षौ भइसक्यो यसरी नै चाँड/बाँड टारेको, तर पुरानो दिनहरु याद भने पक्कै आउछ । 

'जतेकऽ डुबकी, तै'टा तिलबा'

घर अगाडीको पोखरीमा नुहाउनु पर्ने, माघको जाढो, स्वेटर समेत फुकाल्न गाह्रो भएको बेला पोखरीमा "मकर स्नान" पापै पो गरेथ्ये कि जस्तो लाग्थ्यो तर तिलबा (तिलको लड्डु) को संख्या त्यै नाक थुनेर लिने 'डुबकी' मा भर पर्थ्यो । तिलबा (तिलको लड्डु), लाइ (मुरै/भुजाको लड्डु), चिल्लौर/चुरलाइ (भुटेको च्युराको लड्डु) यिनैको लोभले यो ज्यान तातिन्थ्यो र फाल हालिन्थ्यो पोखरीमा, नाक थुन्यो चप्प डुब्यो १, २, ३, .... ६, ७ बस । थाहा हुन्थ्यो अब जति डुबकी लगाऐ पनि एक दिनमा ६-७ ओटा भन्दा बढी लड्डु घरमा दिदै दिन्नन् । पचाउन नि सक्नु पर्यो नि । 


'तिलाने लवाने जुराने नहाने' भन्थे बुढा-पाकाहरु, तिलाने – मकरसकरांती, लवाने – मंसिरमा पहिलो घान भित्रयाउने दिन, जुराने – जुडशितल, बैशाख सकरांती । यो तिन दिनमा ननुहाउने मान्छे सबभन्दा पापी हुन्छ । 


हामीलाई धर्मले अनुशासनमा कसरी बाँधेको हुन्छ त्यो धर्मको चिरफार गर्ने ले अध्ययन/अनुसंधान गर्दा यस्तै परम्परागत चांड/पर्वलाई केन्द्रमा राखेर गरे हुने । 


नुहाउने बितिकै फेरी खान पाउने होइन, आफ्नो रिति-रिवाज अनुसार पुजा-पाठ सिद्धिए पछी, अक्षता/तिल/घ्यु आदी मिसाएर बनाएको मिश्रणलाई आगोमा होम गर्नु पर्थ्यो । ठुला/बडाले दिएको तिलको प्रसाद खाए पछी मात्रै आफ्नो भागको पाईन्थ्यो । तिल खाएको एक अर्थमा ऋण खाएको किबदन्ती छ । तिल खुवाएको मान्छेको ऋण हुन्छ, जसले बा/आमा प्रती छोरा/छोरीको आजिबन निर्बाह गर्ने कर्तब्यबोधको ज्ञान दिन्छ ।


एउटा कथा छ – मैथिल कबी कोकिल महाकबी बिधापती (१३५२-१४४८) को बारीबाट पार्बती जीले तिलको फुल टिपेर ल्याउदा महादेव स्वंय ऋणी भई उनको धरमा नोकर हुन आउनु भयो । यो कथा ठाँउ अनुसार फरक फरक प्रचारित छ, अली लामै पनि छ कुनै दिन जाँगर चलेमा बिस्तृतमा लेखौला । 

मांसकोदाल राखेको खिंचडी माथी कडकाएर (तताएर) ख्नयाएको शुद्ध घ्यु, तारेको खमहाउर (तरुल), पापड, दहि घाममा बसेर खाएको सम्झना बाहेक केहि रहेन । समयक्रममा सायद सरजाम पाईएला तर गाँऊको त्यो बाताबरण, बालकालको त्यो उमंग, त्यो उत्साह सम्झनामा मात्र रहिरहनेछ । सबैको शुभ होस ॥ 

No comments:

Post a Comment