Tuesday, June 04, 2013

मेरो देश

अनिंदो रातमा
सहस्र कोल्टे फेरे सरि
शान्त निंद्राको आश जस्तै
अस्तव्यस्त आकांक्षाहरु

देश विकासको मृगतृष्णामा
अनेकानेक आन्दोलनहरुको खेप सहेर
अग्रगमनको आशमा
छटपटाई रहेछ

स्वमुत्रको आहालमा लतपत्तिएर, कटकट्टिएर
स्वनाम शिर्ष नेताहरु
दुर्गन्ध, दुषविचार, मानसिक दरिद्रता
एवमऐव दुषचरित्रका विज्ञापन गरिरहेछन्

- २१ जेष्ठ २०७०