Saturday, March 11, 2023

"सुप्रीमो"

उत्पिडित 
वर्ग संघर्ष 
रगतको आहाल 
उदिप्त नायक ।। 

छापामार, घाईते, 
शहिदको हक 
लेवी, छल, गबन 
रोलेक्स, म्याक्सप्रो, अरमानी ।। 

विलासिताको उँट 
हाइड्रोजन कार 
चाहना श्रीपेंचको 
भोंसडी जनता, 
जय जनगणतंत्र ।। 

 _२७.११.२०७९

(नोट: शिर्षक मसिहा परिवर्तन गरि सुप्रीमो राखिएको ०८.०२.२०८०)

Sunday, February 26, 2023

"ननभेजिटेरियन मदारी"

फोटो सौजन्य: सामाजिक संजाल
बर्वादे गुलिस्ता करनेको

एक हि उल्लु काफी है,
अनि उल्लुको बथानलाई
"पार्लियामेन्ट" भन्छन
सुनेका हामी,
'हर साख पे उल्लु बैठा है'
थाहा पाउदै थियौ
नयाँ नेपाल
'गण'तंत्र नेपाल ।

गुलिस्ताको हालमा
आकुल ब्याकुल हुने गरेको
खासमा यहाँ
रोटीको टुक्रा फाल्दा
झरेको बेग संगै
गुट र दिशा बदली रहने
लोभी बाँदरहरुको हुल रहेछ
नयाँ नयाँ परिकार
नयाँ नयाँ आश्वासन
लोभले लतमन्न
गुलाटी मार्दै
करतव देखाउने ।
फोटो सौजन्य: सामाजिक संजाल

अचेल बजारमा
नयाँ मदारी आएको छ रे,
'ननभेजिटेरियन',
लपक्क टाँसिएका छन
रगतका टाटाहरु
ओठ र हाथहरुमा
अरु सानो पुच्छरबाला ऐपहरुलाई
संगै लगाएर
डमरू बजाउदै नचाउदै छ
चंखे बालकोटलाई,
सुस्त धुमबराही/बुढानिलकण्ठ लाई पनि

फाल्गुन १४, २०७९