Wednesday, February 12, 2014

खोयाको मनोवाद

  • हाहा रोफाल्यो फुलीले :D
  • एकछिन हँसा न । कस्तो साइको साइको बनायो एकदुई जनाका ट्विटले :(
  • जोक सुन्छस् त ? त्यो परौठा सेक्नेवाला जोक सम्झे त, हाँसेर मर्छस् :D
  • हाहाहा । त्यो त जमानाको हो । नयाँ सुना न ।
  • त्यो काँधवाला फोटो सम्झेर हाँस् अब । म joke सुनाउन सक्ने अवस्थामा छैन ।
  • :D :D अनि अचेल RT खेती गर्नै छाडिस् किन नि ? कि ट्विटेको भाउँतोमा लागेर छाडिस् ?
  • अँ यार, कसैलाई नभन्नू । तर जे लेखे नि RT खेती फिँजायो भनेर कमेन्ट्न थाले, त्यसैले अर्को ह्यान्डिल त्यसै मरेर जालाझैं भो :(
  • धत्, पीर नमान् । यस्तै चल्न दे । त्यो अर्को ह्यान्डिल एक्टिभ भयो भने हामी त ज्युँदै मर्छम् :(
  • साले रुलाएगा क्या :'(
  • यो कुराले त मेरो पनि झन्डै आँसु आएन माकसम :(
  • यस्ता पिल्चे कुरा गर्नु हुन्न । फेरि ट्विटे समाजले रुन्चे भनेर ट्याग लगाइदिन्छ । जस्ट चिल ब्रो ।
  • बरु Enrique को Sad Eyes बजा न । मन कस्तो कस्तो भो :(
  • ल सुन्

  • अनि हिजो हेरेको 'Froze' कस्तो लाग्यो त ?
  • त्यस्ता चवन्नी फिल्म । कसले हो जात्तिबित्ति राम्रो छ भनेर सिफारिस गरेको । रातभरि सरापें त्यो मान्छेलाई
  • बरु त्यो Dallas Buyers Club हेर्नुपर्छ आज । त्यत्तिकै ओस्कारमा नोमिनेटेड भएन होला ~
  • आज फिल्मबारे गफ गरम् न है । राम्रा फिल्मबारेमात्रै हुन्न ?
  • सही आइडिया । ल तँलाई सबैभन्दा मन पर्ने फिल्मबारे भन्
  • हिन्दी, नेपाली कि इंगलिस ?
  • सबै । सुरुमा हिन्दीबाट गरम् । मलाई मनपर्ने फिल्म त 'स्वदेश' हो । यसमा मैले खोजेका हरेक कुरा छन् यार
  • राम्रो त छ तर त्यसमा अलि हाइप गरिएजस्तो लाग्दैन ? I mean, नासालाई भयंकर केके न हो भनेजस्तो present गरिएको छ ।
  • नासा आफैंमा भीमकाय संस्था हो । त्यससँग associated भएर काम गर्नु पनि ठूलो उपलब्धि हो । फेरि यो फिल्म real story based हो
  • त्यै पनि । अलि लेन्दी छ फिल्म । कथालाई धेरै लम्ब्याइएको जस्तो लाग्छ । आधा घण्टाजति काट्न सकिन्थ्यो अझै ।
  • फिल्मका केही विशेषता हुन्छन् । कोही दबंग टाइपमा फटाफट सकिन्छन्, कसैले कथामात्रै भन्छन् आफ्नै पाराले । 'स्वदेश' यसमा अब्बल छ ।
  • खैर जे होस् । मलाई त 'देउता' अहिलेसम्मकै मनपर्ने नेपाली फिल्म हो :) खै किन हो, यसको ब्याकग्राउन्ड स्कोरले सधैं मनमा शान्ति दिन्छ
  • राजेश हमालका थोरै राम्रा फिल्ममध्ये पर्छ यो पनि । एकछिन हिन्दीका कुरा गरम् न ।
  • हिन्दीमा 'गुजारिश' हो दोस्रो। यो मन पर्नुका केही कारण छन् । १. त्यस्तो अवस्थाका मान्छेलाई म नजिकबाट चिन्छु २. यसले बाँच्न सिकाउँछ
  • लौ, बाँच्न कसरी सिकाउँछ ? यसले त Euthanasia सम्बन्धी वकालत गर्दैन र ? अलि विरोधाभाष भएन र कुरा ?
  • मर्न चाहने उत्कण्ठाले पनि बाँच्न प्रेरित गरिरहन्छ । मरेर जानेहरू, बाँचेर त हेर, बाँच्न कति गाह्रो छ भन्ने कविता थाहा छैन ? ;)
  • यो स्पेनिस 'Mar Adentro' बाट प्रभावित भए पनि मलाई हिन्दी भर्सन धेरै राम्रो लाग्यो । खासमा Euthanasia सम्बन्धी कानुन बनाउनुपर्छ
  • मर्न र बाँच्न पाउनु व्यक्तिको नितान्त व्यक्तिगत स्वतन्त्रता हुनुपर्छ, राज्यले 'तँ बाँच्', 'तँ मर्' भनेर ट्याग लगाउन सक्छ ??
  • सहमत । यसलाई खासगरी राज्य निर्माणको सैद्धान्तिक पृष्ठभूमिमा जोडेर हेर्न पनि सकिन्छ । फेरि सञ्जीव काका, , ३ गर्दै आउनुहुन्छ :P
  • हाहा :D you are so funny के :D
  • Euthanasia सम्बन्धी कानुनी स्वतन्त्रता चाहिन्छ मेरो विचारमा । केही निश्चित सर्त राखेर यसलाई खुला गरिनुपर्छ ।
  • त्यही त । मान्छेले आत्महत्या नगरेर कानुनी रूपमा मर्न खोज्नुमा के गलत छ र हैन ?
  • एकदम सही । गुजारिस मलाई त्यही भएर मन पर्छ एकदम :)
  • मलाई कुनै समय 'दिलजले', 'मन' 'ना तुम जानो ना हम' असाध्यै मन पर्थे । अचेल पनि बेलाबेला टिभीमा आइरहँदा छुटाउँदिनँ :)
  • ठ्याक्कै मेरो मनको कुरा भन्यो साइँदुवाले :D 'ना तुम जानो ना हम' पनि त्यतिबेला कम्ता हेरिएन है ?
  • अहिले पनि टिभीमा हेरिराख्ने फिल्मचाहिँ 'स्वदेश' नै हो, अरूले राम्रो माने पनि नमाने पनि :))
  • फेरि अरूका पछाडि दौडियो । अरुको कुरैकुरामा लागिस् भने भीरबाट लगेर खसाल्छन्, भन्देको छु है अहिले नै
  • अनि अस्ति हेरेको 'Her' बारे केही जाओस् न ;)
  • ठीक सम्झाइस् । 'Her' ले एउटा कालखण्डको तीतो अवस्था झल्काउँछ । तँ पनि यसैगरी technology मा हराउँछस् जस्तो लाग्छ मलाई बेलाबेला :(
  • ह्या~~ मेरो चिन्ता छोड् । Her ले दिएको सन्देशबारे केही बुझिस् कि २,३ वटा ननभेज सिनमात्रै हेरेर काटिस् ? :P
  • :P साला Her ले दिएको एउटा सन्देश के हो भने तिमी सोसल मिडिया वा अरु कुनै भर्चुअल दुनियाँसँग क्षणिकमात्रै हो रमाउने भर्चुअल दुनियाँले एकछिन मन भुलाउला, त्यसपछि ब्याक टु मंगलमान हो । त्यसैले समाज, परिवार, साथीभाइलाई बिर्सनु हुन्न ।
  • एकदम सहमत यार । साला यसका कुरा सुनेर म डाइहार्ट फ्यान भा'छु यार :D
  • लोल । नहँसा न फुली । साँच्ची सानोमा फिल्म हेर्दा कम्ता दु:ख पाइएन है ? साला तैले त कथै लेखिस् यार :))
  • हाहा त्यही त । हाम्रो सानाको फिल्मी लाइफ पनि कम फिल्मी थिएन है ? राप्ती हलको चरबाट हेर्दा कसरी माटो हाल्दिन्थे है पापीहरूले ?
  • अँ यार । अनि दौडिएर घर गई मुख धोएर फेरि चरमा जाँदा कम सास फुल्थेन यार । अझ कसैले थुकिदिन्थे भित्रबाट सालाहरू ।
  • कसैले त अझ खकारै थुक्दिन्थे फुलीहरू । लडाइँ पनि खुब भोगियो यार । अनि पैसा चोरेको काण्ड त झन् कम्ता रमाइलो छैन यार ;))
  • तँ त गाउँको नामी चोर थिइस् नि । तँभित्र एउटा राम्रो मान्छे पनि थियो, त्यो म थिएँ, जसले मन लगाएर पढ्थ्यो, बुवालाई सघाउँथ्यो
  • नेपरिस् । मैले पैसा चोरेर फिल्म हेराउने, भेली-चिउरा र कहिलेकाहीँ समोसा नखुवाएको भए कसरी पढ्थिस् मन लगाएर ? हिरो बन्छ अहिले ।
  • कहिल्यै नभुलिने भइयो यार ती क्षण । अझ पैसा चोरेर फिलिम हेर्दा बुवाले ट्वाइटेलमा थुनेको त कस्तो सम्झिरहन्छु यार :) #Nostalgia
  • है ? ठीक त्यतिबेला बुवालाई स्टोभको आगोले पोलेको सम्झिन्छस् ? ५० प्रतिशत भाग जलेको कसरी निको भयो होला है त्यतिबेला ? :(
  • फेरि साइको कुरा निकाल्यो । यस्ता कुरा यता गर्ने होइन । बेलुकी कोठा गएर गरौंला । अहिले विषयवस्तुमा कन्सन्ट्रेट हो त ।
  • :) मन राख्न जान्या छ के :)

  • फस्ट लभबारे त लेखिस्, सेकेन्डबारे लेख्ने हैन ? :P
  • LOL :D बुढीले मार्चे । म त सेकेन्ड पनि होइन होला, फोर्थ फिफ्थ हुँला है ? भनेर क्वेस्चन मारेको मार्यै गर्छे :D
  • हो भन्या । तर बूढीसँगको लभ अफेयर पनि कम्ता रोचक छैन । तर यता भन्दिनँ, मान्छे हाँस्छन् :D
  • हाहा । टु मच पर्सनल कुरा पनि गर्नु हुन्न तर भन्न मिल्ने भए भन्दा केही हुन्न । भ्यालेन्टाइन डे आउन ला', रमाइलै हुन्छ । ब्लग लेख् न
  • फेरि विषयान्तर गर्यो मुर्दारले । उनलाई छाड्दे । लभ स्टोरी सुना न बरु ;))
  • सेकेन्ड लभचाहिँ बडो संघर्षपूर्ण रह्यो यार । २०६० सालदेखि लगातार ३ वर्ष धाएपछि बूढीले पत्याकी हो :P
  • हाहा :D माघ १७ गतेको फन्डा के हो नि ? साँच्चै हो कि यसो गफ देको हो ?
  • हैन साँच्चै हो । मंसिर १७ गतेको कुराचाहिँ यसै मिति मिलाएर भनेको होइन । त्यही त अचम्म पर्छु म पनि, कसरी भयो होला भनेर ;))
  • साँच्चै, मनमा सोचेका कुरा यसरी भकाभक लेखिदै जाने अटोमेटिक मेसिन आए कतिजनाको घर भाँडिन्थ्यो होला है ? :P
  • हाहा । सबैभन्दा त तैं भड्खालोमा जाकिन्थिस् होला । कम्ताको चतुर छस् तँ, मलाई थाहा नभाको हो र ?
  • थाहा छ ? म अफिस सकेर सधैं बेलुकी ५ बजे कटुवा खोला जान्थें, त्यहाँबाट बुढीको घर मजाले देखिन्थ्यो अनि ऊ कहिले घरबाहिर निस्किन्थी, मलाई देख्थी, अनि भित्र-बाहिर गरिरहन्थी :D अनि म आइवाको वाकम्यानमा गीत सुन्दै खोलामा बसिरहन्थें अँध्यारो नहुँदासम्म । अँध्यारो भएपछि बुढीले घरको बत्ती बाल्थी, अनि म उठ्थें
  • बत्तीचाहिँ किन बाल्ने नि ?
  • लोल :D बत्ती बाल्नुले जनाउ दिन्थ्यो । पिलिकपिलिक धेरै पटक बालेपछि यतै आऊ भन्ने हुन्थ्यो, एकपटक मात्रै बले म आफ्नो घरतिर लाग्थें :D
  • हाहाहा फेरि रोफाल्यो फुलीले :D :D कम्ता आइडियावाला छैनौ तिमीहरू बूढाबूढी :D
  • फेरि म त्यत्तिकै उसको घरमा जान्थिनँ नि त गास लाग्न गाको जस्तो । उसलाई थर्ड इयरको poetry पढाउँथें के :D
  • हाहा :D मास्टर नि भइछस् है बूढीको ? :D
  • मास्टर हैन खोया । म ट्युसन पढ्थें बाहिर, अनि जानेको जति गएर उसलाई पढाउँथें । त्यति गर्दा उसको घरमा शंका पनि हुन्थेन ;))
  • :D सही आइडिया रैछ । तर मान्छेले कुरा त काट्थे होला यार ! त्यसरी केटी साथीको घरमा सधैं आऊजाऊ गर्दा शंका त गर्थे होलान् नि ?
  • हो सहमत । उनकै घरमा पनि गाइँगुइँ कुरा चल्दो रहेछ तर मलाई थाहा थिएन । म जाँदा राम्रै बिहेभ गर्थे, अरु कुरा थाहा हुने कुरा पनि भएन
  • त्यतिबेला तेरो मनमा उनीप्रति लभ गर्ने धारणा थियो कि यत्तिकै साथीको रूपमा सहयोग गर्नमात्रै हो जाने गरेको ?
  • भित्री मनमा त लभै गर्ने नियोजित षड्यन्त्र थियो नि । भन्न पो भएन । उसको घरमा जाँदा त असल साथीको रूपमा मात्रै जान्थें :P
  • लोल :D अनि घरमा कर्के नजरले हेरेनन् कहिल्यै ?
  • :D :D सासूमा र सालोसँग घनिष्ठ दोस्ती जमाइसक्याथें । बूढीलाई पट्याउनुअघि सासू, सालालाई वशमा पार्नुपर्छ भन्ने सिक्या थें :D
  • मान्छे त सानैदेखि फटाहा होस् यार :D त्यो हिरो नम्बर वनमा गोविन्दाले गरेको झैं गरेछस् त :D भनेसि तँ नि 'Hero No. 1' ?
  • हाहा । त्यस्तो हिरो नं. १ त हैन तर त्यस्तै गरियो :

  • बाले हपारे भर्खर, के गर्ने हो ?
  • बालाई गोली मार्दे एकछिन । बूढालाई कसले मोबाइलबाट हेर्न भन्या छ र :P
  • हाहा त्यै त । अनि प्रपोज कार्यक्रम पनि त्यतिबेलै भयो कि पछि ?
  • प्रपोजको काम त काठमान्डूमा पढ्न आएसि भएको हो । दाङमै हुँदा त के बोल्न सक्नू र कठै!
  • हाहा । हुतिहारा नै रैछस् । बोल्न नि सक्थेनस् ? यस्ता पानिमरुवाले नि लभ गर्ने ?
  • तँ साला पैसा चोरले लभ भनेको कहिल्यै बुझिनस् । सधैं पैसा कमाउने, ट्विटर चलाउने, हाहाहुहु गर्नेबाहेक केही सोच्नै सकेनस् । वाहियात ।
  • पैसा नकमाएर कसरी घर चलाउनू ? मलाई घरबाहेक अरू केही दिएको छ भने ट्विटरले हो, थाहा छ त तँलाई पनि ।
  • त्यस्ता इमोसनल टच्ची मोमेन्टवाला कुरा नगर यता । मलाई झोंक चल्छ ।
  • आजलाई पुग्यो है ? काम पनि गर्नपर्छ अब । नरिसा न मेरो कुटुङ्ग्रो :*
  • :) ल ल काम गर्न जा :) nice talking to you :))
  • के छ केटा ? :) काम सुरु भो ?
  • आज धेरै भो । अब भोलि गफ गरौंला । टपिकचाहिँ के सोचिस् ?
  • टपिक त सोच्या छैन । आफ्नैबारे कुरा गर्ने कि अरूबारे ?
  • अरुबारे व्यक्तिगत टीकाटिप्पणी नगरुम् । बरू आफ्नैबारे कुरा गरौंला नि :) चाउचाउ मगा न, कस्तो भोक लाग्यो ;)
साभार: https://twitter.com/khoyaaaa/status/433578012219412481

No comments:

Post a Comment