Saturday, December 31, 2016

“गन्थन”

धेरै भयो केहि लेखिएन, यो सालमै खासै लेखिएन, पढिएन पनि । किन हो, कुनै काममा एकाग्र हुन सकिएन । अलि अलि पढदै राख्दै गर्दा, रिडिङ्ग लिस्टमा अझै पाँच छ वटा किताब छन । अमिश त्रिपाठीको शिवा ट्रिलजीका तेस्रो किताब "अथ अफ वायुपुत्र" मन लाग्दा लाग्दै पनि सक्न सकेको छैन । कुनै किताब दुई बर्ष अघी शुरु गरेको पनि छ लिस्टमा । लास्ट अस्टुबरमा दशैंमा घरबाट आउँदा नयनराज पाण्डेको 'सल्लीपीर' पढन शुरु गरे, नोभेम्बरमा एउटा जाँचको तयारीमा यति घोत्लिनु पर्यो कि (राम्रै ग्रेडमा पास भए), त्यस पछाडी महिना दिन भयो किताब छुन इन्ट्रेस्ट ल्याउन सकिएको छैन । 

'सल्लीपीर' पिर मानेर साईड टेबलमा थन्कि रहेको छ । सचिन तेन्दुलकरको बायोग्राफी दुईबर्ष अगाडी देखी बुक सेल्फमा च्याउँदै बसेको छ । सुधिर शर्माको 'प्रयोगशाला', प्रशान्त झाको ब्या'टल अफ रिपब्लिक', कुलचन्द्र गौतमको 'लस्ट इन ट्रान्जिसन' आधाउधी पढेर फालेको किताबहरु पनि सकाउनु पर्ने छ । बर्तमानमा भईरहेको राजनीतिक द्वन्दको बेला अलि पुरानो राजनीतिक उठापटक टेस नपरेको मात्रै हो, कुनै दिन सायद कुनै सालमा भए पनि पढेर सक्ने नै गरेको छु । 

नाजिव महफुजको 'मिरामार' लगभग चौध बर्ष संगै राखेर मात्र पढन दिन जुरेको थियो सुन्दा हास्ने मान्छे प्रसस्तै होला । तर यो मैले पढेको बेस्ट किताब मध्ये एउटा हो, तपाईहरुले ट्राई गर्न सक्नु हुनेछ (यस सम्बन्धी एउटा लेख ड्राफ्टमा अडकिएको छ, आशा गरौ ई.सं. २०१७ सालको नयाँ सालमा कुनै अप्रत्यासित जाँगर चल्यो भने सकेर यता राख्नेछु ।

अब्यबस्थित दिनचर्या रहि रह्यो, न वाकिङमा गए, न हप्ताको दुई दिन भए पनि जिम कन्टिन्यु गर्न सकियो । योगा प्राणायाम छोडेको पनि दुई बर्ष बढि हुन लाग्यो । भोली बिहानबाट शुरु गर्छु भनेको पनि छ महिना बढी भयो होला । म यस्तो अल्छि कहिल्यै थिईन पहिला, बढ्यौलीले छोएको हो भने म भन्दा २० बर्ष जेठाहरु अझै युवा छन हाम्रो देशमा ।

विहान छ साढे छ मा उठ्यो । अलार्म ५-७ पटक स्नुज नगरे उठन मन लाग्दैन । यहि तालमा कुनै दिन अफ थिचेर, अब उठीहाले नि भन्दा र फेरी भुसुक्कै हुँदा साढे सात बजेको पनि धेरै पटक दोहोरि सक्यो । न्वाई धोई कपडा लगाई तयार भएर तल गाडीमा बस्दा उठेको लगभग ४५/५० मिनट भई सकेको हुन्छ । चिया/खाजा पकाउने खाने जाँगर चल्दैन, भनि सके नि हदै अल्छि भएको छु । अफिसमा पुगे पछि पहिले एक कप ब्ल्याक कफी नघुट्काउदा सम्म कान सुन्दैन मेरो, आँखा नि धमिलो देख्छ ।

प्लानड् स्केजुअल अनुसार काम नभको धेरै भो । मेरो पार्ट गरे पनि अरुको डिले नै हुन्छ । पियर प्रेसर छदै छ, बोसहरुको आ-आफ्नो ढिपी भईराखेकै हुन्छ । "क्यान यु प्लिज पोष्टपोण्ड इट अप टु नेक्स्ट् विक, आई निड योर हेल्प टु फाइनलाईज अदर इस्यु फर्स्ट", बोसले प्लिज भनेर रिक्वेस्ट गर्दा कुन नेपालीको "तसरिफ" चौडा नहोला । आफ्नो कामको डेडलाईन छदैछ, उसले भन्ने मात्रै हो 'नेक्स्ट् विक' समयमा काम सकेन भने 'यु प्रमिस्ड मी' भनेर फेरी अर्को डायलग ठेल्छ । ऐनिवे, यो ठुलो कुरो हैन हामी रकेट-जगतका प्राणीको लागी, पिछवाडामा आगो लागे पछी अली बढी नै गतिमा हिड्छौ र समयमै गन्तब्यमा पुग्छौ ।

जेनतेन दिन सकिन्छ । जेनतेन यो मानेमा कि आफ्नो प्लान अनुसार काम हुदैन, प्रायोरिटी रिभाइज् गरि राख्नु पर्छ काम फत्ते गरि राख्नु पर्छ, रिक्वाइरमेण्ट पुरा हुनपर्छ, इम्प्रुभमेण्ट यत्रैसिती । दशबर्ष देखि त्यही फ्ल्याटको त्यही कोठामा बसेको भएर पनि कोठा भन्नु भन्दा म घरै भन्ने गर्छु, तर घरको प्रसँग पनि आउछ अहिले फेरी कन्फ्युजन नहोस । कोठा फर्केर पुग्दा साँझको साढे छ, सात बजेको हुन्छ । एकछिन घरमा कुरा गर्यो, भिडियो च्याटमा सजिलो भएको छ, परिवारलाई देखाउन भने पनि खुसी देखिनु पर्छ, सायद उता पनि त्यस्तै होला तर यहि बहाना खुसी भई राखेको हुन्छु । पकायो खायो भाँडा माजेर सक्दा सम्म दश बजेको हुन्छ । 

एसटिबीमा हप्तादिनको मेमोरी रहने भएर सजिलो भएको छ । टेलिकास्ट भएको टाईममै हेर्नु पर्छ भन्ने रहेन । जिटिबीमा 'कुमकुम भाग्य' हेर्नै पर्यो, निंन्द्रा परेन भनेर 'मेहेक' हेर्न थालेको अब दुईटै हेर्नै पर्ने बन्यो । डेलीसप हेर्ने लत पनि बाध्यतै हो, अरु थोक गर्ने कुरा नभए पछि के गर्नु । न्युज चेनलहरु हरर सो भन्दा केहि देखाउदैन, आफ्नो चित्तपर्दैन सिरिया/येमनको न्युज । अलप्पोको बिलाप सुनेर मन दुखाउनु भन्दा डेलीसप हेरेर वा फिक्सन पढेर रात कटाउने मेरो टार्गेट रहन्छ ।

इनसोमनियक् भइएछ, सुत्न जाँदा एक, डेढ कहिले दुई पनि बज्छ । ओहो, नेपालमा बिहान भइसक्यो होला भनेर पनि सुत्न जान करै लाग्छ । राती जतिखेर सुते पनि, अलार्म आफ्नै टाईममा बज्छ । बिगत दशौ बर्ष देखी एउटै धुन ।

मधुबनमे जो कन्हैया किसी गोपी से मिले,
कभी मुस्काए, कभी छेडे कभी बात करे,
राधा कैसे न जले, राधा कैसे न जले

(जलन बाट नयाँ दिनको शुरुआत, गजब!!)

भुईचालो गएको साल देखि त्यती भाग्यमानी रहेनन नेपालीहरु । आशा अनुरुप उपलब्धीहरु गर्न सकेका छैनौ । बिदेश तिर पनि अर्को इकोनोमिक रिसेसनका त्रास मैं छन धेरै जसो, ससंकित मनस्थितीबाट गर्ने कामहरुबाट हामीले धेरै आशा पनि राख्नु हुन्थेन, तर आश मै साँस हुन्छन एउटा मारेर अर्को मार्ने कुरा हुदैनन पनि ।

हामी कति भाग्यमानी छौ भने, लगभग आठ/दश थरीका नयाँ बर्ष मनाउछौ, सबैको नाम मलाई थाहा छैन तर चार/पाँच थरी लोसार नै छन होला, ईस्वी सम्वत, बिक्रम सम्वत र नेपाल सम्वत भइ नै हाल्यो । यानी हामी सँग कुनै नयाँ राम्रो कुराको शुरुआत गर्न त्यती धेरै मौकाहरु छन, माने हामीले एक रात पछि एउटा होईन अनेकौ सुनौलो बिहानी पाएका छौ ।

र, अन्तमा नयाँ साल ई.सं. २०१७ सबैलाई शुभ होस ॥

Wednesday, August 17, 2016

#RakshaBandhan

The love in my body and heart
For the earth's shadow and light
Has stayed over years.

With its cares and its hope

it has thrown
A language of its own
Into blue skies.

It lives in my joys and glooms
In the spring night's buds and blooms
Like a Rakhi-band
On the Future's hand.
Rabindra Nath Tagore

Raksha Bandhan is celebrated in various parts of South Asia, different regions mark the day in different ways and in different names.

In Nepal, we change Janai (जनै), which is a cord made of cotton threads worn diagonally on the torso, a Vedic ritual. Women tie the threads in her hand.

We have more than 200 different ethnic group and local languages, and different ways to celebrate Janai Purnima or Raksha Bandhan.

Festivals are never been imported or exported, perhaps, its due to mixing many different societies in development era. We often follow others rituals.
This festival is a bond of love and faith, since ancient age.

Same as #Chhath #Diwali #RakhshaBandhan followed by hill people in Nepal Teraiens enjoy Kwati, Saptarangi Tika, Sel Roti etc..

There is nothing wrong following something which give us peace, faith and love.

May the lord of all beings protect you,
May the one who creates,
preserves and dissolves life protect thee,
May Govinda guard thy head
Kesava, thy neck;
Vishnu, thy belly the eternal Narayana,
thy face thine arms, thy mind,
and faculties of sense

May all negativity and fears,
spirits malignant and unfriendly, flee thee
May Rishikesa keep you safe in the sky;
and Mahidhara, upon earth.

Above verse found in Book V, Chapter V of #VishnuPurana; it is the prayer that Yasoda says while tying a amulet on Krishna's wrist.

and, we all cantillate as:


येन बद्धो वलीराजा दानवेन्द्रो महावल: ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।

Tuesday, May 31, 2016

|| _ एकालाप _ ||

साँधुरो गोरेटो
माटाको गारो
खहरेको धार
फाँटको खेत
खरबारी,
आँपको बगैचा
लटरम्म फलेका अम्बा

सालमा आउने
दुईसालमा आउने
कहिल्यै नआउनेहरु
परदेशीको बाटो हर्दै
कलिला आँखाहरु

अगेनामा
पोलेको मकै
पिनेको नुनखुर्सानी
ट्वाक्क पार्ने जिब्हा
कुवाको पानी  
र,
लच्किएको कमर
छचल्किएका पानी
माटाको घैंटा

औंसीको रात
टिमटिम जुनकिरी
किर्रकिर्र
ब्यथित पुकार

बिहानीको आश
लालीमय आकास
आशाको किरण
मन्द पवन

~~*~~*~~
फोटो श्रोत: गुगल ;)

Saturday, March 19, 2016

फिरफिरे

Reading give you a hungover for few days. You will found mirror of yourselves in many characters. Mainly 'Pawan' and 'Basant aka Bante' friendship and childhood's mischievousness show you the same naughtiness that you have experienced in your childhood, if you are inhabitant from the downtown villages of rural Nepal. Guys grown up in high society or developed cities can get a thrilling jealousy for not having that priceless moments but love to go thoroughly.

I have grown-up in bit developed town, but the same retentivity when we (one of my cousin and a best friend) do the same way 'potty' over the mango tree branches, or swimming in a river/pond hiding from parents, roaming in bamboo bushes, scratching names in trunks to get it remembered in future, and the affectation with beautiful girls, new year greetings in 'filmy' post card etc. etc. 

Fondness of Bollywood movie, act and dance like Mithun and Govinda, count every penny and save it for next release, so on. 

"Firfire" not as expected from the writer of an epic fiction "Karnali Blues", though not bad to add in your bookshelves. it gives you a complete returns of your expenses of buying the book.

You found your very own story in it.

Kudos to Buddhisagar.
Good Work. Applause.