Monday, November 23, 2020

सविनय आग्रह

प्रायोजित र असत्यापित लेख द्वारा धार्मिक आस्थाका ग्रन्थहरु भित्रका श्लोक, छंद टुक्राटाक्री झिकेर आफुखुशी अपभ्रांषिक बिश्लेषण गरि द्वेस फैलाउने एउटा संगठित समूहले आफूलाई आधुनिक र विद्वान देखाउने लोभले हुनसक्छ वेद, पुराण वा शास्त्रलाई बिभेदकारी, दमनकारी वा यस्तै टिप्पणी लेख्ने फैलाउने फेसन चलेको छ ।

 

जन्मना जायते शूऽ संस्काराद् द्विज उच्यते ।

वेद-पाठात् भवेत् विप्रः ब्रहृम जानाति ब्राहृमणः ।।

 

मनुस्मृतिका उपरोक्त छंद अनुसार, जन्मदा सबै मानिस शूद्र हुन्छन्, संस्कार गरेपछि द्विज हुन्छन्, नियमपूर्वक वेद पाठ गर्नेहरू विप्र हुन्छन् भने ब्रहृमवेत्ताहरू ब्राहृमण हुन्छन् । यो हामीले धेरै पटक सुनेको कुरा हो । प्राचीन सनातन धर्ममा वर्ण व्यवस्थाको विशेष महत्व थियो । कर्म प्रधान चार प्रमुख वर्ण ब्राह्मण, क्षत्रिय, वैश्य, शुद्र तिनका पेशागत क्षमताको आधारमा बर्गिकरण हुन्थ्यो ।

 

यो भन्दा नितान्त फरक तर 'उस्ता उस्तै' व्यबस्था हो भन्ने पारिएका जाति ब्यबस्था प्रसंगवस मुसलमान शासकहरु द्वारा ११-१४औं शताब्दी र अठारहौं शताब्दीको मध्यतिरबाट खासमा सो कालमा हिन्दुस्तान क्षेत्रमा अंग्रेजहरुको हाथमा शाषन व्यबस्था हुँदा ताका फष्टाएका बिभिन्न विद्वान लेखकहरुको टिप्पणीमा पढन सकिन्छ ।

 

अन्य धार्मिक समुदाय द्वारा शासन स्थापित भएको निर्बल समुदायलाई बिभिन्न निर्कृष्ट काममा लगाएर तिनका सन्ततीलाई ति पेशा वाहेक अरुमा सहभागिता निरोध गरेर राखेका थिए भने पछि अंग्रेजका शासन व्यवस्थाको बेला यो झन विकृत र दमनकारी हुनै गएको मानिन्छ ।

 

हिमालयात् समारभ्य यावत् इन्दु सरोवरम्।

तं देवनिर्मितं देशं हिन्दुस्थानं प्रचक्षते॥

 

बृहस्पति आगमको अनुसार, हिमालयबाट प्रारम्भ भएर इन्दु सरोवर (हिन्द महासागर) सम्मको यो देव निर्मित क्षेत्र हिन्दुस्तान भनिएको छ । यद्यपी, वेद, पुराण, ग्रन्थ वा स्मृतिहरुमा कतै पनि 'हिन्दु' भनेर कुनै उल्लेख गरेको देखिदैन । यसलाई वैदिक सनातन वर्णश्रम धर्म वा सनातन धर्म आदी नाम स्वरुपमा टिपोट गरेको पाईन्छ ।

 

ऋग्वेदमा सप्त सिन्धुको उल्लेख गरिएको छ । पहिले आर्यहरुको बसोवास रहेकोमा पारसीहरुको अतिक्रमण पश्चात तिनीहरुको "स्" ध्वनिलाई "ह्" ध्वनि उच्चारण हुने कारणले पनि अपभ्रंष भएर 'हिन्दु' भनिएको केहि प्राचिन भाषाविदहरुको आकलन गरेका छन ।

 

जातिय छुवाछुतलाई प्रस्रय गरेको दोषारोपन गरिएको हिन्दु धर्ममा जन्म देखि मृत्यु सम्म सोह्र वटा संस्कार उल्लेख गरिएको छ ।

 

गर्भाधानो पुंसवनस्सीमन्तो वैष्णवोबलिः ।

जातकं नाम निष्क्रामोन्नप्राशनं चोलकर्म च।।

उपनीती महानाम्नी महाव्रतमनुत्तमम् ।

उपनिषच्च गोदानं समावार्तनमेव च ।

विवाहश्चेति संस्कारास् षोडशैताः प्रकीर्तिताः । ।


१. गर्भाधान, २. पुंसवन, ३. सीमन्तोन्नयन, ४. जातकर्म, ५. छैठी, ६. नामकरण, ७. निष्क्रमण, ८. अन्नप्राशन, ९. चूडाकर्म, १०. विद्यारम्भ, ११. कर्णवेध, १२. यज्ञोपवीत, १३. केशान्त, १४. समावर्तन, १५. विवाह र १६. अन्त्येष्टि ।

 

यीमध्ये पनि अहिले हालको सामाजिक संरचना, आधुनिकता वा अन्य ज्ञानक्षयका कारण नामकरण, यज्ञोपवीत अर्थात् व्रतबन्ध, विवाह र मृत्यु संस्कार मात्र प्रचलित छन् वा यतिमा सिमित गरेका छन । यसबिचमा आफ्ना कुलिन ब्यक्तित्वको प्रचारप्रसारका लागि अनेको धार्मिक अनुष्ठानका नाममा चन्दा सहयोग असुल्ने सप्ताह, सत्यनारायण, चौरासी पुजाका तामझाम भने निकै फष्टाएको पनि देख्न सकिन्छ ।

 

यि संस्कारहरुको जानकारी हुनेले स्मृतीपटलमा रहेका केहि सामान्य परम्परा, प्रयोग हुने सरसामान, क्रियाकलाप आदी वारे मनन गरेको भए यसमा चाहिने सामग्रिहरुले कसरी हाम्रो समाज भित्रका बिभिन्न समुदायलाई समाहित गरेको छ, सजिलै देख्न सकिन्छ ।

 

कुनै पुजा, अनुष्ठान, संस्कार गर्दा हामीलाई चाहिने सामग्रिहरुमा, पुजाको लागि फुल, पात पल्लव, होमको काठ, रक्षा सुत्र धागो आदी (हजाम / नाई), मिठाई, दुध, दहि आदी (हलुवाई), सुन चाँदीका आभूषण वा बिम्ब प्रतिमा (सुनार), हथियार आदी (कामी / सुतिहार), नयाँ कपडा आदी (दमाई / मुस्लिम), माटाको भाँडो (कुमाल / कुम्हार), बाजा बजाउने / बाँसको चोयाको भाँडो (डुम / डोम), काठको सामान (सिकर्मी / कमार) आदी इत्यादीको सहकार्य, सहभागिता र संलग्नता बिना कुनै अनुष्ठान सम्पन्न भएको छ भने त्यो हो पौराणिक कालका कथाहरुमा सुनिने 'गन्धर्व विवाह' र हाल परिमार्जित 'जनवादी विवाह' ।


मुर्ति बनाउने कुम्हार, वा बाँसको चोयाबाट डाला, ढाकी बनाउने 'डुम' भए पनि #धाकैसहि समयसापेक्ष जातपात समावेशीको कुरा गर्दा, जन्मेर न्वारण गर्दा देखि मर्दाको कर्मकाण्ड सम्ममा हजाम, बढई, राजगीर, सुनार, लोहार, कामी, दमै, कुम्हार, डोम, चमार आदीका सहभागिता चाहिने बाहुन/ब्राह्मण (पहाडी/खस वा मैथिल) वा केहि विचलित जनजाती समुदाय वाहेकका धेरै हिन्दु समुदाय बढी मित्ब्ययी छन ।

 

सनातन धर्मले आफू भित्र अनेकौं उपासना पद्धति, मत, सम्प्रदाय र दर्शन समेटेको छ । हजारौ देवी देवताको पूजा अर्चना हुने भए पनि ब्रह्मा, विष्णु, महेश द्वारा प्रतिपादित 'शक्ती'का उपासक वास्तवमा यो एकेश्वरवादी धर्म मानिएको छ ।

 

कारण स्पष्ट देखिन्छ । नारी शक्तीको महिमा बखान गर्ने अनेक शास्त्र रहदा प्रारम्भकाल देखि नै सर्वसाधारणको पहुंच भन्दा बाहिर वा बुझ्न असजिलो संस्कृतका श्लोकहरुको, अन्य धर्मका समर्थक वा प्रोत्साहकले प्रलोभनमा परि मानमर्दन गर्ने उद्देश्य सहित आफु खुसी ब्याख्या गरेको अनेकौ दस्तावेज यत्र-तत्र फेला पार्न सकिन्छ ।

 

जनसंख्या भएको हिसाबले समाजको अनेका नेतृत्व तहमा हिन्दु समुदायका बरिष्टहरुको हालीमुहाली रहेको शासकहरु द्वारा जातिय बर्गिकरणमा तलपारिएका समुदाय माथि बेलाबेला लादिने तिरस्कार र अपराधिक गतिबिधीको सरोकार । वहुजातिय समानुपातिक सहभागिता रहेको प्रतिनिधी सरकारले राज्यको कानून अनुसार अनुगमन र नियंत्रण नभएको दोष कुनै अमुक धर्म वा तिनका आस्था राख्ने समुदायलाई दिने अज्ञानताको प्रदर्शन मात्र हुन ।

 

आश्चर्यको कुरा झन ति पिडकहरुमा, कुनै गाँउमा दलित भनेर मन्दीर प्रवेश दिईदैन, कतै कुंवाको पानी दिईदैन, जघन्य अपराधिक कृयाकलापमा संलग्नहरु धेरै जस्तो बामपंथी धारका नास्तिक भनिने, अपराधिक ब्याकग्राउण्डका, जातिवादी मुलधार नतृत्वका मान्छेहरु हुन्छन तर दोष दिने बेला हिन्दु सनातन भनेर भ्रम सृजना वाहेक अरु केहि होईन भने दुई अक्षर ज्ञान भएको जो कोहिले बुझ्नु पर्ने हो ।

 

सबै कुरामा यहि समुदायको सहभागिता देख्ने हाम्रो समाज लगभग ९४% सनातनी छन । हामी तपाईले अहिले जति नि पक्ष/प्रतिपक्षमा 'फुष्टी' झारे पनि हामी भन्दा पहिलेका बिश्लेषकहरूको सत्यापित आलेखहरुको संकलन र सन्दर्भ सामग्री प्रभावकारी होला । सहि ग्रन्थको चयन ठुलो चुनौती हो । अन्य मौसमी पण्डित र लखनऊका लाईब्रेरीबाट अपभ्रांषिक आलेख पढनु भएर दिगभ्रमित नहुन अनुरोध गर्न सकिन्छ ।

 

तैलक्षौमे चिताधूमे मिथुने क्षौरकर्मणि।

तावद्भवति चांडालः यावद् स्नानं न समाचरेत् ॥

अर्थात, तेल-मालिश पछि, चिताको धूँवाबाट आए पछि, मैथुन (संभोग) पछि र केश-मुण्डन पश्चात - व्यक्ति तब सम्म चांडाल (अपवित्र) रहन्छ जब सम्म स्नान गर्दैनन । कोरोनाकालमा यो अनुशासन महत्व हामी धेरैले नजिकबाटै थाहा पाएको हुनु पर्छ ।

 

अनुमंता विशसिता निहन्ता क्रयविक्रयी।

संस्कर्त्ता चोपहर्त्ता च खादकश्चेति घातका: ॥

 

अर्थात,  पशुलाई मार्नको निमित क्रय-बिक्रय गर्ने, मार्ने आज्ञा/ अनुमति दिने, मार्नको लागि लिने/दिने, काटने/मारने, मांसु बेच्ने, पकाउने, खान परोसने र खाने सबै मनुष्य घातक, हिंसक अर्थात् एक समान पापी हुन । केहि अघि मात्र संचार माध्यममा यसको अन्य बिश्लेषन गरिएर मुढताका नग्न प्रदर्शन भएको थियो । कलयुगमा यस्तो अधर्मी कृयाकलाप हुदै गर्छ, यो सामान्य मान्नु पर्ने अवस्था पनि आउला ।

 

फेरी फेरी भनि रहनु नपर्ला, यसले मनुस्मृती वा मानवधर्मशास्त्र अनुशाषित समाजको परिकल्पनामा ब्याख्या गरेको कतिपय छंदहरु हामीले आफु अनुरुप फरक र द्वेशपुर्ण ब्याख्या गर्ने गरेको छौ ।

 

पहिले त तपाईले ठुलो सानो आकार प्रकार नहेरिकल कुनै एउटा समुदायको आस्थाको केन्द्रमा प्रश्न उठाउनु अगाडी, सम्बन्धित बिषय माथी टिप्पनी गर्नु अगाडी थोरै सयमता पूर्वक अध्ययन गरेको भए आफ्नो भित्र नै शंका उपशंका कम रहन्थ्यो । अस्पष्ट संकुचित ज्ञान छरपष्ट पारेर दिगभ्रमित गर्ने काम बन्द गर्न ढिला नहोस ।

 

अन्तमा, सामाजिक कुरिती, बाहुवलीपना, दादागिरी, जमिन्दारीको कुनै जात हुदैन, न कुनै धर्म हुन्छ । अनुशाषनहिन मानवले असुरगत व्यबहार देखाउने सामान्य र प्राकृतिक ब्यबहार नै मान्नु पर्ने हुन्छ । यस प्रकारका दमन र बिभेदका लागि हामी आफैलाई दोष दिंउ, बिज्ञान र समाज, दर्शण र चिकित्सा पढेका हामी, आफ्नो भित्रका पशुलाई बाहिर निकालौ । जातिय हिंसा भन्दा लैंङ्गीक हिंसाको स्थिती भयाभह देखिदै छन । यो सबका कारण अनुशाषनहिनता र राज्यको कानुनको डर नभएको अराजकता वाहेक केहि होईन ।

 

मनुस्मृती साङ्गोपाङ् पढेर त्यो ज्ञानलाई समाजमा उतार्न सहयोग गर्नु भयो भने केहि मात्रामा संसारमा रहेका बिभेद र दमनकारी प्रबृतीलाई परास्त गरि कल्याणकारी मार्गमा लान सकिने आशा गर्न सकिन्छ ।

 

लुई जैकोलिऑट (Louis Jacolliot) नामक श्रष्टाले 'बाइबल इन इण्डिया' नामको किताबमा लेख्नुभएको (हिन्दीमा अनुवादित अंश) छ "मनुस्मृति ही वह आधारशिला है जिसके ऊपर मिस्र, परसिया, ग्रेसियन और रोमन कानूनी संहिताओं का निर्माण हुआ। आज भी यूरोप में मनु के प्रभाव का अनुभव किया जा सकता है।"


हामीलाई "घर की मुर्गी दाल बराबर" भएको छ । 

ईति शुभम् ॥