Wednesday, April 13, 2022

२०७८ साल अन्तिम गते

आज २०७८ साल पात्रोको अन्तिम महिना अन्तिम पृष्टको अन्तिम गते । हामी नवबर्षको शुभकामना दिन आतुर, नयाँ बिहानीको आशामा । बितेका कटु समयलाई सम्झनामा राखेर आउने उल्लास र उत्सवलाई अँगाल्ने दिन ।

आश मारेकाहरुलाई पनि आशा भरिएर ल्याईदिने दिन ।

 

अनेक उतार, चढाब, पिछडाव, लतरावको बावजुद 'पानोरामिक-प्यानडेमीक'बाट थोरै निजात पाइएको हो कि जस्तो लाग्दैछ । 'लाईफको जिवनमा फर्स्ट-टाईम' पुग नपुग दुई बर्ष पछि घर फर्कियौ यो साल । भिडियो-कल बनाउने मनुवा नहुने हुन भने हामी परदेशी जन्तुको पक्कै इन्तु न चिन्तु हुने थियौं । यि महामारीको चपेटामा परि आधा-करोड भन्दा बढि परलोकी भएका आत्माहरु प्रती हार्दिक श्रधाञ्जली अर्पण गर्दै, संगै बाँचेका हामीहरु अझै चनाखो रहने आवश्यकता छदै छन । हाथ धुने, मास्क लगाउने, भिडभाडमा नजाने, कुपथ खाद्य नखाने, शाररिक व्यायाममा समय दिने आदी लेखेरै राखेर भए पनि सम्झिने गर्न छोडन हुन्न, बेला भएको छैन ।


दशैंमा बिभिन्न कारणबस (कार्यतालिकाको समय, मिती जुधेर कार्यथलोमा घपेडी हुने समय पर्छ) घरमा भएको सम्झनामा छैन । सायद स्कूल पढदाको बेला होला, त्यस पछि नै निरन्तरता रहेन । तिहारमा चैं लगातार पुगिने गरेको हुन्छु, फुर्सदको समय यसपाली नि पुगिएको थियौं (छठ हुदैन हाम्रो) । हामीलाई चाड वाड, पर्व त्यौहार सबै रमाईलो हुने भनेको बिस्तृत बखानमा रहेको त जिब्रो संगै ज्यानलाई तान्ने 'परिकार' ले नै हो । समय, ऋतु, याम, तिथी अनुसारको स्वास्थ अनुकुलका स्पेसिफिक परिकार । यो परम्परामा बिज्ञानको कति महत्व छन, कति समानता छ त्यो कुरा पौराणिक अन्वेषणबाट संभव बनाएका अनेक बिद्वानहरुले भनेका अनेकौ तथ्य होलान । यो बिना धपेडी पुरानो दस्ताबेज छान मार्ने आधुनिक रिसर्चरहरुलाई थाहा हुने कुरै भएन, तिनीहरुलाई साँस्कृतिक परम्परामालाई बिरोध गर्दै रमाउन दिनुस, र लुकेर भए पनि नुन-बेसार-पानी गार्गल गर्न दिनुस ।

गला साफ हुन्छन क्यार ।


खाने कुरा र परिकारको कुरा आए पछि । आजै बिहान एउटा बडो गजबको भ्किभयाउने (annoying) ज्ञान पाईयो । कुनै खाद्य पदार्थमा 'reduced animal ghee' लेखेको देखेर मनमा ठ्याक्कै हामीले देखेको 'दशैंमा खसीको बोसो पगालेर हर्लिक्सको बोटलमा राखेको' सम्झे । यिनीहरुले किन खसिको २/४ किलो बोसो पगाल्ने हुर्मत गर्दो हो, पाथीका पाथी बिफको बोसो मिल्ने ठाँउमा । अनि बडो दिगमिग भयो । बाहुनको धर्मभ्रष्ट भयो क्यार यतिका बर्ष पछि । यो खाद्य पदार्थ त कुनै न कुनै बेला चाखिएकै होला ? फेरी आफुले कसरी नबुझी खाएको रहेछु भन्ने कुरामा फेरि शंका रह्यो । भएन यसको चिरफार गर्नु पर्छ । अलि थोरै अन्बेषन गर्दा, दुध/तर/नौनी पनि त 'एनिमल प्रडक्ट' हो नि भन्छ बा । यो भेगान (वनस्पती)मा निर्भर ज्यान-अलापी बाला केडरको तामझामले हो भने बुझ्न कति समय लागेन र ढुक्क भइयो । तिनीहरुले खाने यो वनस्पती घ्यु हाम्रोमा कुनै बेला नाम चलेको शान्ती घ्यु वा भारतबाट आयातित डालडाको कैफियत गरिंदो रहेछ ।

 

हुन त म यसै बोसोयुक्त परिकार कम प्रयोग गर्ने गर्छु । तर एशियन परिकार चाखेको जिब्रोले चटक्कै छोडन चै दिएन । मिठाई, चिप्स, फ्राईड-फास्ट फुड सकभर कम वा लगभग नखाने नै गरेको छु । यस संगै हामी 'राईस-ईटर'हरुले भात छोडन पनि गाह्रो नै हुन्छ । पोर्सन कन्ट्रोल गरे पनि म 'लञ्च-डिनर'मा भातै बजाउने गरेको छु । खैर, फिटनेस फ्रिकहरुलाई यति झिना मसिना कुरा नेक्स्ट वर्कआउट सेसन सम्मको पिर हो । जति बढि खायो त्यती क्यालोरी खपत गर्ने बानी बसाल्नु राम्रो हुन्छ । 'बि अलवेज इन डिफिसिट' भन्छन ज्ञाताहरु ।

 

यो साल नि पढाई लेखाइमा नागै गयो भन्दा हुन्छ । नाम चलेका कथाकार र कथाबस्तू भएका पुस्तकहरु आधाउधि पढेर छेउ पारेको अख्यानको टाल १७ थान पुगि सकेछन । इ-बुकको लर्को जोडिएको छैनन यस्मा । हार्डकपीमा किताबहरु सिरानी मै हुन्छन, छन । मोबाईल, चश्मा राख्ने टेको भएको छ । कुनै कथाकार वा शास्त्रीले हुरुक्कै पार्ने गरि तान्न सकेको छैनन भनौ । पथभ्रमित भएको पनि होईन, टेलिभिजनमा सिमित अवधीको लागि न्युज च्यानल बाहेक केहि चलेको हुदैन । त्यता पनि ध्यान भटकिएको हो भन्न मिल्दैन । सायद मनै अस्थिर छ, हामी सबैको छ अहिलेको वातावरणमा ।

 

एकाग्रतामा कमी मुख्य समस्या हुन । देश परिवार संग टाढा, महामारीबाट भयभित मन, क्यारियर, पढाई, सम्बन्ध अनेकौ मानसिक तनाव आदीले गर्दा संसार भरि नै यो समस्या टडकारो रुपमा देखिएको छ । यसको शुरुआत हाम्रो अन्तरआत्मा वा मन भनौ वा दिमाग भनौ भएको हुन्छ, र यो जहाँ बाट शुरु भएको हुन्छ समाधान पनि त्यहीं छ भनेर बुझ्न जरुरी छ । शरिर चल्न सक्नेले हठयोग (शाररिक कसरत) नित्य गरेको राम्रो । शाररिक रुपमा असक्तहरुले मात्र योगा, प्राणायाममा पुर्ण निर्भर रहौ । यता एकदमै हिट रहेका नामी बाबाहरुको पछि लागेर खासै केहि हुदैन हेर्नोस । जन्मे देखि अहिले सम्म कति लडियो, कति भोगियो, कति चेतियो सम्झिनुस र आफै बाबा बन्नुस । आफ्नो अनुभव र ज्ञान भन्दा ठुलो गुरु आफ्नो लागि कोइ हुदैनन, छैनन । अनि समस्या छ भने लाज नमान्नुस, झन बल्झिन सक्छ । क्लिनिकल डाइगनोसिस र चिकित्सकको सल्लाह / परामर्श जरुरी हुन्छ । हामी सबै टिनएजमा कसै न कसैको माया-प्रेममा पागल भएकै हुनु होला, प्राकृतिक कुरा हो । अहिले गृहस्थ जिवनमा पारिवारिक मियो थामेर गोवर्धने दायित्व उचालेका हामी धेरैजनालाई पगलाउने छुट हुदैन । स्वास्थ्यको खयाल राख्नु मुख्य प्रायोरिटी हुनु पर्छ ।

साँस छ त आश छ । राजनीतिको कुरा गरिएन, त्यो त झनै पुरै बकवास छ ।


सबैमा नवबर्ष २०७९ पुन: उल्लासमय र हर्षले भरिएको होस भन्ने शुभकामना छ ।

फेरी भेटौला ॥

(ps. मनकारीहरुलाई हिज्जे मिलाएर बुझ्न सार्वजनिक अनुरोध गर्दै, धन्यवाद भन्न चाहन्छु)

(PHOTO SOURCE, यतै ट्विटरमा @75PZA बाट कुनै फलो फलोइङ्गमा भएका ट्रेकरहरु मध्येको टिएलबाट सेभ गरि राखिएको फोटो हो)