Sunday, February 26, 2023

"ननभेजिटेरियन मदारी"

फोटो सौजन्य: सामाजिक संजाल
बर्वादे गुलिस्ता करनेको

एक हि उल्लु काफी है,
अनि उल्लुको बथानलाई
"पार्लियामेन्ट" भन्छन
सुनेका हामी,
'हर साख पे उल्लु बैठा है'
थाहा पाउदै थियौ
नयाँ नेपाल
'गण'तंत्र नेपाल ।

गुलिस्ताको हालमा
आकुल ब्याकुल हुने गरेको
खासमा यहाँ
रोटीको टुक्रा फाल्दा
झरेको बेग संगै
गुट र दिशा बदली रहने
लोभी बाँदरहरुको हुल रहेछ
नयाँ नयाँ परिकार
नयाँ नयाँ आश्वासन
लोभले लतमन्न
गुलाटी मार्दै
करतव देखाउने ।
फोटो सौजन्य: सामाजिक संजाल

अचेल बजारमा
नयाँ मदारी आएको छ रे,
'ननभेजिटेरियन',
लपक्क टाँसिएका छन
रगतका टाटाहरु
ओठ र हाथहरुमा
अरु सानो पुच्छरबाला ऐपहरुलाई
संगै लगाएर
डमरू बजाउदै नचाउदै छ
चंखे बालकोटलाई,
सुस्त धुमबराही/बुढानिलकण्ठ लाई पनि

फाल्गुन १४, २०७९