Sunday, October 27, 2013

मेरो देश

विश्वमा लम्केको हेर यो मेरो देश ।
उत्तरतिर मोती झैं
हिमाल टल्कने मेरो देश ।
दक्षिणतिर समथर मैदानमा
चाँदी झैं टल्कने मेरो देश ।।

अमरसिंह, बलभद्र कुँवर जस्ता
वीरहरुले सिर्जेको मेरो देश ।
शान्तिको दूत गौतम बुद्ध जन्माउने मेरो देश ।
भृकुटी, सीता जस्ता
आदर्श नारीहरू जन्माउने मेरो देश ।।

पृथ्वीनारायण जस्ता महान् योद्धाले
आर्जेको मेरो देश ।
झुकेन कहिले शत्रूको सामु
अटल छ मेरो देश ।
विश्वमा चिनाउने सगरमाथालाई
अङ्कमाल गरेको मेरो देश ।
गण्डकी, कोसी, कर्णाली, जस्ता
दूधका धारा बगाउने मेरो देश ।
गैंडा, हाती, अर्ना जस्ता
जनावरलाई आश्रय दिने मेरो देश ।
मयुर, डाँफे, मुनाल जस्तालाई
नचाउने मेरो देश ।

मानव-मानव बीच भेदभाव
नराख्ने यो मेरो देश ।
के महिला, के पुरुष
समानरूपमा प्रेरित गर्ने मेरो देश ।।

पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी जस्ता
धार्मिक स्थनहरूले भरिएको यो मेरो देश ।
त्यसैले मलाई ज्यादै प्यारो लाग्छ
यो मेरो देश ।।

आनन्य झा,
कक्षा-५ "ख"
ज्ञानोदय वाल वाटिका