Saturday, May 25, 2019

'लत्रिएका अंगहरु'

भारतीय राष्ट्रीय झण्डाका तिन रंगहरु केशरीया, सेतो (बिचमा चक्र) र
हरियोलाई नै आत्मसात गरि बिभिन्न भारतीय राजनीतिक दलहरुले आफ्नो झण्डाको रँग र स्वरुप राखेका छन । भाजपाको कमलको फुलमा केसरीया र पातमा हरियो रँग छ , काँग्रेस र समाजबादी आदीको दलिय झण्डाको बिचमा चर्खाको सट्टा आफ्नो चुनावचिन्ह राखेका छन ।

चुनावी अभियान अन्तर्ततका राष्ट्रबादी हुने/देखिने पार्टीका मिडियाको
छकरबाजी शुरु भए पछि भाजपाको परिचायक चिन्ह/शब्द/अंक लेख्दा भगवा/केसरिया जुन हिदुत्वलाई पनि इंगित गर्दछ रंग प्रयोग गरेका छन भने काँग्रेसका चिन्ह/शब्द/अंक लेख्दा हरियो प्रयोग गर्ने गरेका छन । हरियो रंग जुन बिशेषत: पाकिस्तानको झण्डाको रंग हो र मुस्लिम धर्मका परिचायक रंगका रुपमा पनि रहने गरेका छन ।

यो आशयमा जातिय, धार्मिक मुद्दाको टेको टेकेर एउटालाई राष्ट्रबादी र
अर्कोलाई अराष्ट्रबादीहरुको गठबन्धन भनेर चित्रण गरेका च्यानलबालाहरु पत्रकारिता जगतमा नाम चलेका अनुहारहरु हुन ।

हाम्रो नेपालमा गोरखापत्रको स्थिती अज्ञात रहदा बाँकीका राष्ट्रीय प्रिंट
मिडिया वा बेवपोर्टलहरु 'अलमस्ट अल' कुनै न कुनै संस्था, दल वा संगठनको अनुदानमा चल्ने गरेको कुरा लुकेको छैन । निष्पक्ष भनिने चौथो अंगमा यसरी 'डिप्लोमेसीको' लंगोटी लगाई दिए, तर पनि यि १४ भाई कच्छामा छमछम नाच्न पछि पर्दैनन् ।

बिगतका एक दशकमा भएका केहि छिटफुट निर्णय बाहेक बाँकी धेरैजसो निर्णयहरु विवादास्पद, अबैधानीक, मनमौजी, दलपरस्तका आक्षेप लाग्ने गरेका छन । सर्बोच्च पनि प्रधानमन्त्रीको कार्यालय सँगै सारिनु पर्ने कुरा पनि बेला बेला नउठेको हैन ।

संघियताको अनाबरण संगै नयाँ बनाउनु पर्ने, ल्याउनु पर्ने, कार्यान्वयन
गराईनु पर्ने अनेक अध्यादेश, नियमाबली दलिय खिंचातानी वा 'डिप्लोमेटीक' प्रेसरले शुन्य प्रगतीमा छन । सांसद लस्कर लिएर कुनपूजा उद्घाट्नमा ब्यस्त छन । सुशाषन, विकास, उप्लब्धी भन्ने शब्दहरु नै प्रयोग नहुने अबस्थामा पुगेर लुप्त होला भन्ने डर हुन लागि सक्यो ।

न्यायपालिका, कार्यपालीका, ब्यबस्थापीका र सूचना-संचार - अब्यबस्था,
दिशाभ्रम वा कुनै अनौपचारिक पतनमा एक अर्कालाई चेकमेट गर्ने करेक्सन गर्ने र जनतालाई सुशासन दिने संस्थाहरु केहि संगठनात्मक लोभका अस्तब्यस्ततामा एकलौटी बनाइएका छन ।

उदाहरणको लागि 'दुधको साक्षी बिरालो' भने झै कुनै न कुनै रुपमा कतै
भ्रष्टाचारका मुद्दा खेपेकाहरु नै अख्तियार अनुसंधान बिभागमा रहेका छन । र यस्को कुनै उपाय छैन । जो जो नाली सफा गर्न भित्र पसे भेन्पायर किराले चिलेर त्यो भन्दा ठुलो रक्तपिपाशु बिनाशक भेम्पायर बनेर निस्के ।

वातावरणिय प्रभावको प्रचण्डताको ख्याल नराखी, यसरी नै चलिरहने हो भने संसारमा बाघ भन्दा पहिले मानव लुप्त हुने अबश्था नआउला भन्न सक्ने स्थिती छैन ।
ईती ॥

No comments:

Post a Comment