Wednesday, September 14, 2011

सम्बेदनाहिन मानसिकता !!

नेपालीहरुको महान चांड दशैंको ठ्याक्कै महिना दिन अगाडीबाट सम्बन्धित निकायले उपभोग्य बस्तुको नाप/जांच गरिनु, अनियन्त्रिनीय  मात्रामा विभिन्न अन-उपभोग्य खाध्य पदार्थ भेटिनु र महत्वपूर्ण कुरा के भन्ने यी सबैलाई अलि शंकाको दृस्टीकोणले हेरिने हो भने यी संस्था वा बिभाग भर्खरै आएको त पक्कै हैन, न कि ति अधिकृत कर्मचारीहरुलाई जनताको स्वस्थ रक्षा गर्न स्वप्नौपदेश प्राप्त भयो होला, कतै यस्तै चाडवाडको बेला ट्राफिक प्रहरीले अनाबस्यक ठाउँ ठाउँमा लगाउने जांच/पुछ अनि १००/२०० खर्च असुल्ने जस्तो कार्यक्रम नहोला भन्न सकिन्न |
 
तर के ति कानुनी दायरा भित्र आएको निर्घिस्ट ब्यबसायीलाई दशैँ खर्च असुलेर छाडिने त होइन | अहिले को नयाँ नेपाल बनाउने सुरुआती बेलामा यस्तो कार्यलाई हत्तोत्साहित गर्न र साधारण जनताको हकहित/स्वास्थय रक्षाको निम्ति कडा भन्दा कडा कार्यबाही गरि, यसैलाई भबिष्यमा एउटा नजिर बनाउने कदम चालिनु पर्नेमा सर्ब साधारणबाट पनि जनदबाब दीने कि |
 
के ति ब्यापारी वर्गका घरमा विदेशबाट आयात गरिको  खाद्य पदार्थ वा अन्य उपभोग्य बस्तु मात्रै उपभोग गरिन्छ? हैन भने ब्यापारिक फायदा या भनौ पैसा नै कमाउनका लागि मात्रै आफ्नै बालबच्चा समेतलाई आहुति दिन तयार तिनको समबेदना कता गए?
 
यस सम्बन्धि समाचार व्यापक ढङ्गले जनमानसमा सम्प्रेषण गरिएकोमा सम्बन्धित तमाम संचार माध्यमका श्रोतहरुलाई धन्यबाद !

No comments:

Post a Comment