and the winning Brexit campaign harvested millions of Facebook
profiles of US voters, in one of the tech giant's biggest ever data
breaches, and used them to build a powerful software program to
predict and influence choices at the ballot box." - TheGuardian.
"The Ministry of Electronics & Information Technology, Government of
India, has issued a notice... to Cambridge Analytica, wherein the
serious breach of propriety and misuse of data intended to profile and
influence voting behaviour has been highlighted" - TimesofIndia
फेसबुकको डाटा चोरी भो रे । आगामी निर्वाचनमा जनताको मनोबिज्ञान बुझ्न र प्रचार प्रसारको लागी भारतमा काँग्रेस पार्टीका राहुल गाँधीको पनि संलग्नता छ रे !! बिभिन्न चर्चा परिचर्चा छन । बिभिन्न बिशलेषणहरु आइरहेका छन । म भन्छु, कुन डाटा र कुन प्राइवेसी ??
हाम्रो जन्मपत्री र वंशावलीका पुर्ण बिवरण प्रयाग र हरिद्वारका पांडाहरु सँग छन । हाम्रो कुल मूल गोत्र सबै थाहा हुन्छ । सूचना संकलक कुल-पञ्जियारले सात पुस्ते बिवरण एकै छिनमा दिन सक्छन । घर घडेरी जमीन पोखरी इनार सब थाहा छ । बेला बेलामा गरिबी-निबारण कोष द्वारा गरिने सोसियो-इकोनोमिक घरधुरी सर्बेक्षणमा सबै ब्यक्तिगत सूचनाहरु छताछुल्ल छन । गाई भैंसी बाछा बाछी कुखुरा परेवा सबैको तथ्याङ्क छन ।
भोटर कार्डमा तिन पुस्ते बिबरण, घर, थर जस्ता लिस्ट छन । राजश्व र मालपोत बुझाउने गर्नु भएको छ र PAN नं. छन भने त्यसमा सम्पुर्ण आर्थिक बिवरण र तपाँईको कुल आर्थिक 'औकात' उपल्बध छन् । यि तथ्यांङ्कहरु सार्वजनिक सरह नै छन, जुनै कुनैले चाहेको बेला आफूखुसी प्रयोग/दुरुपयोग गर्न सक्नेछन् ।
गुपचुप गर्भपतन गर्नेहरुको पनि पूर्ण तथ्याँङ्क छन भन्ने जानि राखे राम्रो ।
प्राइवेसी भनेको अहिले सम्म आफ्नै मनको चिहानमा अठ्याएर राखिएको, कहिल्यै कतै उजागर नभएको, नजानी नजानी भएको आठ क्लास पढ्दाको त्यो पहिलो प्रेम मात्र हो (अब त्यो नि रहेन) ।
बाँकी, इंटरनेटमा सबै 'नंगा' छ ।
~*~*~*~
(photo source: google)
No comments:
Post a Comment