Tuesday, April 15, 2025

HIPPIE _ by Paulo Coelho

The book's premise – a journey from Europe to Kathmandu filled with exploration and self-discovery – has a lot of potential for rich storytelling. Coelho has a knack for capturing the essence of travel and the human spirit, but it sounds like the execution fell short, particularly in the latter parts of the journey.

Disappointment was raised by the lack of details after Turkey. Given that Hippie sets up such an intriguing premise of traversing cultures and landscapes, it would have been enlightening to read more about the experiences that awaited travelers in the Indian subcontinent and Nepal. These regions are steeped in history, spirituality, and diversity, and leaving them less explored feels like a missed opportunity.

The absence of detailed observations and reflections from India and Nepal is particularly striking, especially since these locations often serve as pivotal points for many travelers seeking enlightenment and introspection. It would have been rewarding to see how Coelho interpreted the vibrant cultures and spiritual nuances of these countries, and how they influenced his journey and personal growth.

Lastly, while the book carries a beautiful message about the quest for connection, love, and meaning, the abrupt transition in the narrative can leave readers wanting more. It's a reminder of how important specific cultural and geographical contexts are when discussing journeys, both literal and metaphorical. Your feedback highlights a crucial component of travel writing: the details that enrich and deepen the experience.

Overall, it seems like Hippie starts with promise but could have been more fulfilling with a deeper exploration of the latter segments of the journey.
Rated 4 Start and expecting another Part-II soon in the coming days.

Monday, April 14, 2025

|| टिपन-टापन ||

#बैशाख_जेठ #गृष्मऋृतु #बिक्रमसंवत #नयाँबर्ष
गृष्म ऋृतुको शुरुआतीमा ठाँऊ अनुसार जुडशिलत, सतुवानि, बैशाखी, सिरुवा, बिशु आदी अनेक नामले यो पर्व चलनमा रहे पनि उद्देश्य र बैभवता समान देखिन्छ ।

शिरमा जल छ्यापेर 'जुड' शितल पार्ने त्यौहार, मिथिलामा 'जुड-शितल' पर्वको आफ्नै बैज्ञानिक महत्व छन । फाल्गुन/चैत्रको उराठलाग्दो हावाहुरीमा परपर फुटेका जमिनका दर्राहरुमा पतझर भएर टिलपिल गरि उभिएका फूलका साना झाडहरु, केहि अलि ठूला बुटाहरु, केहि अलि धेरै ठूला फलफूलका रुखहरुलाई पानी राखेर भिजाउने दिन, तिनका सुख्खा जडामा तिर्खालाई राहत दिई पानी हाली जुडाउने दिन ।

सनातनीहरुको धार्मिक महत्व वाहेक आँगनमा तुलसीको प्रयोग मैथिलहरुको छठिहारी (जन्म) देखि कठिहारी (मरण) सम्मै महत्वपूर्ण रुपमा संगालिएको हुन्छ । गृष्म ऋृतुमा पनि तुलसीको मोठमा हरियो परियो बुटाको महत्व ब्याख्या गरेर साध्य हुदैन ।

अहिले आधुनिक कालमा थोपा-सिंचाई (Drip Irrigation)को तरिका मिथिलामा पौराणिक काल देखि चलि आएको परम्परा रहेको देखिन्छ । बैशाख महिना भरिको लागि माटाको कलश (घैंटो) को पिंधमा सानो छिद्र पारेर त्यसका कुश घुसाएर, कलश भित्रको पानीको प्रवाहलाई थोपा थोपा झर्ने गरि नियण्त्रित गर्ने र तुलसीको मोठमा माथी झुण्डयाउने चलन छ ।

मूल कुरा गर्मीमा कसरी शिर र शरिर शितल राख्ने । बाग बनस्पतीलाई पानी राखेर घामको प्रकोपबाट कसरी जोगाउने । आधुनिक वातानुकुल (Air condition / Refrigerator) परिवेशको आभाव रहेको बेला पकाएको खानेकुरालाई उमसबाट कसरी जोगाउने र सजिलो पाचन हुने पौष्टिक के खाने?
यस पर्वमा पारम्परिक खाद्य सामग्रीहरु :
- गुड साँदेको सातू वा घोलेर बनाईने शर्बत,
- बेसनको बडी र दहि/मोहि राखेको कडी-बडी,
- मुनिगा (सजिवन/drumstick) राखेको दाल,
- आँपको टिकुला र पुदिनाको पात राखेको चटनी, आदी ।

उल्लेखित सरजामबाट बनाईने अन्य खाद्य पदार्थ जुन गर्मीको उमसबाट नबिग्रिने र आँतलाई शितल राख्ने अरू अनेक रेसिपीहरु मिथिलामा प्रसिद्ध छन । यस बाहेक आधुनिक समाजमा अनेक नयाँ परिकारहरु पनि नथपिएका भने होइनन ।

आज देखि अफिसियली 'टिकुला'को कुच्चालाई नुन-खुर्सानी साँदेको झक्का खाने दिन पनि हो, यसलाई पचाउन अलि गाह्रो हुन सक्छ, मात्रा र अनुपातको हिसाब मिलाएर जिब्रोलाई चाहिने ट्वाक्कको स्वाद लिन चै सकिन्छ ।

'टिपनटापन' लेखन कार्यलाई यस बर्ष निरन्तरता दिने प्रयास गर्ने वाचा सहित नव वर्ष बिक्रमसम्बत २०८२ को हार्दिक मंगलमय शुभकामना ।
#श्रीबाबापशुपतीनाथलेहामीसबैकोकल्याणगरुन 🌺