“गाई हमारा माता है, हमको कुछ नहि आता है”
हाम्रो जमानाका बाल्याबस्थामा यो हरफ एकदम चर्चित थियो । पछि गाई
माथि बिभिन्न निबन्ध नि
लेखियो । दुईटा कान, दुईटा
आँखा, चार खुट्टे घर
पालुवा जनावर, एउटा पुच्छर जसको
सहायताले माखा धपाउने काम हुँदो हो । पछि अलि किशोर भए पछि पुच्छरले 'लाज' छोप्ने
कार्य पनि हुन्छ भन्ने सम्म ज्ञान बुझे सुनेका हौ ।
जनै पुर्णिमाको तागा
तिहारमा गाईको पुच्छरमा बाँध्दा मरे
पछि बैतर्णी तर्न सजिलो हुने सम्म पनि
सुने बुझेका थियौ । समग्र छोटकरीमा भनिदा गाईको हरेक अंङमा तेतिस कोटी देवी देवताको बास हुने
कुरा हिन्दू धर्माबलम्बी
शास्त्रहरुबाट बुझियो (अरुलाई पनि ज्ञान पक्कै होला) ।
गाई ले दिने दुध सा-साना
बाल-बालिकाका लागि आमाको दुध जस्तै पोषक हुने, गोबरले घर आँगन लिपपोत
गर्दा यसमा भएको एण्टिडटले अस्वस्थकर किटानुको नास हुने आदी ईत्यादी गुण संगै हिन्दुहरुको पुज्य
हुने हुँदा अपार श्रद्धा तथा आदर गरिने पशुजन्य देवताको रूपमा हामीले सधै मान्यौ ।
अन्तरिम संबिधान
२०६३ (८औ संसोधन २०६७) भाग १.७.२ नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय
रंङ सिम्रिक, राष्ट्रिय जनावर गाई
र राष्ट्रिय पंक्षी डाँफे स्पष्ट पारेको छ
। कानुनत: नेपाल देशको राष्ट्रिय
जनावर दर्ता रहेको
हुँदा र धार्मिक आस्थाका कारण यसको
काटमार वा कुनै किसिमको दुरब्यबहारको
लागी मानव वा साधारण जनता माथी गरिने दुरब्यबहार जस्तै दण्डनिय छ ।
हामी २१औं शताब्दीमा आधुनिकीकरणको नाममा आफ्ना संस्कृती र संस्कारको
अपब्याख्या मात्र गर्दैनौ कि हाल
आएर धर्म संस्कार
नमान्ने, आस्था बिवेक नभएका केही च्यवनप्रासी ब्यक्तित्वहरु गाईको परिकार खान रुचाउछन् । गाई संगै
आस्था, बिश्वास संस्कार, परंमपरा, ज्ञान, संस्कृती, बिवेक सबै खान रहर गरेका छन् । यसको धार्मिक र कानुनी सान्दर्भिकतामा प्रश्न चिन्ह लगाउन थालेका छन् ।
धार्मिक हिसाबले पनि कानुनी रुपमा अन्तरिम संबिधानको भाग ३ -
मौलिक हक सम्बन्धी महलको २३ नं बुँदामा “बिभिन्न धर्मको अबलम्बन, अभ्यास र संरक्षण” प्रष्ट संग उल्लेख छ ।
गाई काट्ने कुरालाई
धर्म भन्दा पनि राष्ट्रियता संग जोडौ, मन परेको छैन भनेर
भएन, कानुन मान्दिन भन्नु भएन, यसको उपचार खोजौ राष्ट्रिय गान जस्तै राष्ट्रिय
जनावर नि अर्को फेरौ, सहमती
गरौ राष्ट्रिय जनावरमा हामी नेपालीलाई ठिक्क सुहाउने भेंडा वा सके गधा लाई मनोनित
गरौ, जनावर
मात्रै किन पंक्षी पनि डाँफेको सट्टा लाटोकोसेरो राखौं । त्यस पछि आ-आफ्नो आस्था
अनुसारले गर्नु गराउनु - आस्था हुनेले गोमुत्र आचमन गर्छन् शुद्ध हुन्छन् नहुनेले
ममचा बनाउछन् खान्छन् ।
अन्तरिम संबिधानको डिप्लोमेसी यस्ता छन् - "यस संबिधान सँग
बाझिने कानून बाझिएको हद सम्म अमान्य हुन्छ" - नबाझिए सम्म कानुन हो पालना
गरौ ।
दफा नबाझिंदा सम्म ब्याख्या गर्न उपयुक्त हुदैन् ।
॥ ईति: ॥
२०७१ भाद्र ०५ गते (तदनुसार भाद्र कृष्ण एकादशी)
२०७१ भाद्र ०५ गते (तदनुसार भाद्र कृष्ण एकादशी)